ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्तरीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ सङ्क्रमण नभएको पुष्टि


एबीसी न्यूज
२३ बैशाख २०७७, मंगलबार   ९ : ४०   बजे


महोत्तरी, २२ वैशाख । महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । यही वैशाख ११ गतेदेखि आइतबारसम्म बर्दिवास–१२ र भङ्गाहा–६ र ७ मा मृत्यु भएका १२ मध्ये तीन जनाको कोभिड–१९ जाँच नेगेटिभ आएपछि जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले सबैको मृत्यु अन्य कारणबाट भएको जनाएको हो ।

तीन जनाको आरडिटी नतिजा नेगेटिभ आएपछि पिसीआर परीक्षण गरिएको हो । मृतकमध्ये भङ्गाहा–७ का सिकेन्द्र सिंह र सुकदेव महराको पिसीआर नतिजा पनि नेगेटिभ आइसकेको र आइतबार निधन भएका रुपनारायण सिंहको भने जाँच नतिजा आउन बाँकी रहेको सोमबार भङ्गाहा–७ मेघरोलमा आयोजित कार्यक्रममा कार्यालयका जनस्वास्थ्य निरीक्षक तथा कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्ति गिरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

बर्दिवास–१२ र भङ्गाहा–६ र ७ का जोडिएका बस्तीमा पछिल्ला ११ दिनभित्र १२ जनाको मृत्यु भएपछि गत शनिबारदेखि यहाँ स्वास्थ्य सेवा विभाग, विश्व स्वास्थ्य सङ्गठन, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका दक्ष चिकित्सक टोली घटनाको कारण खोज्न अनुसन्धानमा व्यस्त छन् । हालसम्मको अध्ययन र अनुसन्धानबाट धेरैजसोको मृत्युको कारण विषाक्त मदिरा सेवन नै भएको स्वास्थ्य सेवा विभागका दक्ष चिकित्सक डा अमृत पोखरेलले जानकारी दिनुभयो । यद्यपि मृतकहरुको भिसेरा परीक्षणको नतिजा आएपछि यकिनसाथ भन्न सकिने डा पोखरेलसहितका चिकित्सक टोलीको सामूहिक भनाइ छ ।

“बस्तीमा दिनहुँजसो भटाभट मान्छे मरिरहेपछि कोरोना हो कि भन्ने त्रास व्याप्त थियो”, अनुसन्धान टोलीमा संलग्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक डा खेम शर्माले भन्नुभयो, “त्यो त्रास भने अब हटेको छ, मृत्युको कारण अनियन्त्रित मदिरा सेवनसँगै जोडिएको देखिन्छ ।”

दुई नगरपालिकाका एकअर्कोसँग जोडिएका बस्तीमा यस अवधिमा मृत्यु भएकामध्ये भङ्गाहा–७ का सात, भङ्गाहा–६ का एक र बर्दिवास–१२ का चार जना छन् । मृतकमध्ये एक महिला र अन्य सबै पुरुष छन् ।

सोमबार प्रभावित बस्ती पुग्नुभएका प्रदेश नं २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादव र सामाजिक विकासमन्त्री नवलकिशोर साहले मृतक परिवारका आश्रित बालबालिकाको शिक्षादीक्षा र अति आवश्यकीय गर्जो टार्न प्रतिपरिवार रु एक लाख राहत प्रदेश सरकारले उपलब्ध गराउने घोषणा गर्नुभयो । प्रदेशमा अब अवैध मदिराभट्टी पूर्णरूपले बन्द गर्न आवश्यक सबै तयारी गरिने मन्त्री यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu