ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाभाइरस यी हुन् मिथ्या वा खराब स्वास्थ्य सुझाव


एबीसी न्यूज
२६ बैशाख २०७७, शुक्रबार   ९ : ५२   बजे

एजेन्सी २६ बैशाख ।विश्व कोरोनाभाइरसको महामारीसँग जुझिरहँदा व्यापक रूपमा स्वास्थ्यसम्बन्धी सुझावहरू दिइएका छन्। त्यसमा अनुपयोगीदेखि जोखिमरहित र जोखिमपूर्ण किसिमका चेतावनीहरू रहेका छन्।
मदिरा सेवनले भाइरसलाई रोक्दैन ।
यो निरन्तर आइरहेको मिथ्या अनि सम्भावित रूपमा जोखिमपूर्ण सूचना हो।एकजना राजनीतिज्ञले भारतमा लकडाउनको अवधिमा बन्द भएका मदिरा पसलहरू तत्कालै खुलाउनुपर्ने माग गरेका थिए।राजस्थान राज्यका कंग्रेस पार्टीका सांसद भरत सिंह भन्छन्, ूजब कोरोनाभाइरसलाई रक्सीको प्रयोग गरी हात धोएर हटाउन सकिन्छ भने मदिरा पिउँदा हामीले भाइरसलाई घाँटीबाटै अवश्य पनि हटाउन सक्छौँ।तर यसको कुनै वैज्ञानिक प्रमाण छैन। र, विश्व स्वास्थ्य सङ्गठनले मदिरा सेवन भाइरस रोकथामको उपाय नभएको जनाएको छ अनि त्यसले अरू स्वास्थ्य समस्या बढाउने उल्लेख गरेको छ।डब्ल्यूएचओ र अरू स्वास्थ्य निकायका अधिकारीहरूले हात सफा गर्न प्रयोग गरिने स्यानिटाइजर जस्ता झोलमा रहेका रक्सीको मिश्रण प्रयोग गर्न सुझाव दिएका छन्।
सास रोकेर तपाईँलाई सङ्क्रमण छ कि छैन थाहा पाउन सकिँदैन

धेरै देशमा सास रोकेर कोरोनाभाइरसको सङ्क्रमण भए वा नभएको थाहा हुने भन्ने दाबी फैलिएको छ।भारतका लोकप्रिय योगगुरु रामदेवले वयस्क व्यक्तिले स्वस्थ्य रहन पूरै एक मिनेट र ज्येष्ठ नागरिकले ३० सेकेन्ड सास रोक्नुपर्ने बताएका थिए।उनले यदि कसैले त्यसरी सास रोक्न सकेन भने त्यसले भाइरस रहेको सङ्केत गर्छ भनेका छन्। तर यो दाबीको कुनै वैज्ञानिक आधार छैन।

तोरीको तेल प्रभावकारी उपचार होइन
बाबा रामदेवले नै नाकको प्वालमा तोरीको तेलको केही थोपा हालेर श्वासप्रश्वासको परीक्षण गर्न सुझाएका छन्।साथै उनले तेलले भाइरसलाई श्वासप्रश्वास प्रणालीबाट तल पेटमा पठाउने र त्यहाँको अम्लीय पदार्थले भाइरसलाई नष्ट पारिदिने बताएका थिए।भारतमा लोकप्रिय रामदेवले कैयौँ उत्पादन गर्ने विशाल व्यापारिक साम्राज्य खडा गरेका छन्।भारत सरकारको आफ्नै तथ्यजाँचले उनको भनाइलाई खारेज गरिदिएको छ।

निःसङ्क्रमण गर्ने वस्तु डिसइन्फेक्ट्यान्ट र पराबैजनी किरणसम्बन्धी दाबी

अमेरिकी राष्ट्रपति डोनल्डले यो अवधारणा अघिल्लो महिना पत्रकार सम्मेलनका क्रममा निःसङ्क्रमण गर्ने वस्तु डिसइन्फेक्ट्यान्ट बिरामीको शरीरमा सुईमार्फत् लगाउन सकिने बताएका थिए।त्यसपछि त्यो कुरा कैयौँ देशमा उठेको छ र सामाजिक सञ्जालमा पनि यो विषय बारम्बार दोहोर्‍याइएको छ।
राष्ट्रपति ट्रम्पले बिरामीहरूलाई पराबैजनी किरणको प्रकाश दिएर उपचार गर्न सकिने पनि बताएका थिए।सूर्यको प्रत्यक्ष किरण परेको अवस्थामा सतहमा भाइरस लामो समयसम्म बाँच्न नसक्ने केही प्रमाण देखिएका छन्।तर त्यसले मानिसका कोषहरूलाई नष्ट पार्न सक्छ। र, पराबैजनी किरण कोरोनाभाइरस सङ्क्रमणको उपयुक्त उपचार हो भन्ने प्रमाणित भएको छैन। बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group