ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीय संसदको नया अधिवेशन आजदेखि सुरु हुदै (यस्तो छ तयारी भिडियोसहित)


एबीसी न्यूज
२६ बैशाख २०७७, शुक्रबार   १ : ४७   बजे

काठमाडौं, २६ बैशाख । संघीय संसदको नया अधिवेशन आजदेखि सुरु हुदैछ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बेलुकी ४ बजे संसद भवन नया बानेश्वरमा बस्नेछ । मन्त्रिपरिषद्को निर्णय अनुसार गत वैशाख २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो । कोरोना भाइरसको महामारीबाट उत्पन्न त्रासका कारण यसपटक अधिवेशन केही ढिला भएको हो ।

संघीय संसदको बजेट अधिवेशनका लागि संसद सचिवालयले स्वास्थ्यलाई उच्च प्राथमिकतामा दिएर तयारी थालेको छ । आजदेखि सुरू हुने संसदको बजेट अधिवेशनको बैठकमा एक सांसद र अर्को सांसदबीचमा दुई कुर्सी खाली राखिने गरी सामाजिक दूरी कायम गरिने छ । संसदमा प्रवेश गर्ने सांसदहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र ज्वरो नआएका सांसदले मात्र प्रवेश पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, सेनिटाइजरको प्रयोग गर्ने, हात नमिलाउनेदेखि विश्व स्वास्थ्य संगठनले तोकेका अन्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने छ । संसद भवनबाहिर हात धुन साबुन पानीको व्यवस्था गरिएको छ । सांसदको बीचका दुई कुर्सी खाली राखिएको छ । सांसदलाई मास्क अनिवार्य, सांसदहरूको टेबलमा सेनिटाइजर अनिवार्य र बोल्नुअघि माइक पनि अनिवार्य रुपमा सेनिटाइज गर्नुपर्ने छ । तयारीका विषयमा रणनीति बनाउन यसअघि सिभिल र टेकु अस्पतालका डाक्टरहरुले संघीय संसदको भवन निरीक्षण क्रममा दिएका सुझाव र विश्व स्वास्थ्य संगठनले दिएको मापदण्डअनुसार सबै तयारी सकिएको छ ।

बैठक अवधिभर घरमा गई स्वयम् एकान्तवासको नियमहरुको पालना गर्नु पर्नेछ । कार्यव्यवस्थाले यी लगायत नौ वटा निर्णय गरेको छ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संघीय संसदमा जेठ २ गते प्रस्तुत हुने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारले आर्थिक वर्ष २०७७/७८ को लागि बजेटका प्राथामिकता तथा सिद्धान्त जेठ २ गते पेश गर्ने कार्यतालिका तय गरेको हो । प्रि बजेट छलफल प्रतिनिधिसभामा तीन दिन र राष्ट्रियसभामा दुई दिने हुने छ । प्रतिनिसभामा बैशाख २८, २९ र ३० गते तथा राष्ट्रियसभामा २८ र २९ गते प्रि बजेट छलफल हुनेछ । त्यस्तै सरकारले आर्थिक सर्वेक्षण जेठ १३ गते पेश गर्नेछ । जेठ १५ गते बजेट आउने संवैधानिक व्यवस्था भएकाले त्यसको १५ दिनअघि नै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ । कोरोनाबाट बच्न सकेसम्म सुरक्षाका उपाय अपनाएर बैठक चलाउने तयारी संसद सचिलायले गरेको छ ।

संसद बैठकमा पहिलो लाइनमा शीर्ष नेताहरु बस्दै आएपनि सचिवालयले पहिलो लहरमा प्रधानमन्त्री मात्र राख्ने तयारी गरेको छ । संसदको अधिवेशनलगत्तै संसदमा सरकारको नीति तथा कार्यक्रम र बजेट पेश हुदैछ । संघीय संसदको राष्ट्रियसभामा सहभागी हुने सांसदहरुले बोल्नका लागि रोष्टम प्रयोग गर्न नपाउने नियम बनाइएको छ ।

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरुले एउटै सिट प्रयोग गर्नुपर्ने, रोष्टममा मन्त्री र राष्ट्रियसभाको दलको नेताबाहेक अन्यले आफू बसेकै ठाउको माइक प्रयोग गर्नुपर्ने लगायतका निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बैठक कक्षमा प्रवेश गर्ने र बाहिर आउने प्रयोजनका लागि फरक ढोका प्रयोग गर्नुपर्ने नियम पनि बनाइएको छ । त्यस्तै मिडियालाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुनेगरी व्यवस्थापन गर्ने नियम बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group