ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हावाहुरीले क्वारेन्टिनमा क्षति


एबीसी न्यूज
२८ बैशाख २०७७, आइतबार   १० : २८   बजे

झिमरुक, २८ वैशाख । गए राति हावाहुरीसहित परेको पानीले प्युठान नगरपालिका वडा नं ४ विजुवार गणतान्त्रिक खेलमैदानमा निर्माण गरिएको क्वारेन्टिन उडाएको छ । रातको करिब २ बजे मस्त निद्रामा भएका समयमा पानी परेपछि क्वारेन्टिन उडाएको थियो । लगातार परेको भीषण वर्षा र हावाहुरीको कारण मध्यरातपछि उनीहरु सुत्नै पाएका छैनन् ।
प्युठान २ सिद्धार्थ सामुदायिक संस्थाको क्वारेन्टिनमा १५ दिनदेखि बस्दै आएका आएका पाँच जनाको आरडिटी गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएपछि तिनलाई गणतान्त्रिक खेलमैदानको क्वारेन्टिनमा राखिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताउनुभयो । उनीहरुलाई तत्काल सुरक्षित ठाउँको ब्यवस्थापन गरिने जनाइएको छ । हावाले क्वारेन्टिनका केही संरचना उडाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

जोखिममा रहेकाको पिसिआर परीक्षण
जिल्लामा जोखिममा रहेकाहरुको पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ । प्युठान नगरपालिका बाट ११ र गौमुखी गाउँपालिकाबाट २८ गरी ३९ जनाको शनिबार स्वाब संकलन गरी आज प्रदेश जनस्वास्थ्य प्रयोगशाखा भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शनिबार प्युठान –२ दाखाक्वाडीका दुई व्यक्तिमा आरडिटी नतिजा पोजेटिभ देखिएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बहराइनबाट आएका एक, कतारबाट आएका चार र भारतबाट आएका तथा उच्च जोखिममा रहेका २३ सहित गौमुखी गाउँपालिकाबाट २८ र प्युठान नगरपालिकाका ११ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको प्रमुख सुवेदीले जानकारी दिनुभयो । जिल्लाभर क्वारेन्टिनमा रहेका र अन्य जोखिमपूर्ण ठाउँबाट आएका भए स्वाव टेष्ट गराइने सुवेदीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu