ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनलाई पनि लिपुलेकबारे कूटनीतिक नोट बुझाउने नेपालको तयारी


एबीसी न्यूज
३१ बैशाख २०७७, बुधबार   १२ : २६   बजे

काठमाडौं, ३१ बैशाख । नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरेको विरोधमा भारतीय राजदूतलाई कूटनीतिक नोट बुझाएको सरकारले चीनलाई समेत आफ्नो स्थिति जानकारी गराउने भएको छ । ‘चीनका लागि नेपाली राजदूतले सम्भवतः बुधबार बेइजिङलाई स्थितिबारे अवगत गराउँदै कूटनीतिक नोट बुझाउने तयारी भएको हो ।

एक उच्च कूटनीतिक स्रोतले भन्नुभयो ‘हामीले भारत र चीनबीच सन् २०१५ मा लिपुलेक भञ्ज्याङ हुँदै व्यापार मार्ग खोल्ने निर्णयको विरोध यसअघि नै गरिसकेका छौं ।’ अहिले नेपाली भूमि हुँदै भारतले सडक निर्माण गरेपछिको स्थितिलाई नेपालले गम्भीरतापूर्वक लिएको जानकारी स्वरुप सरकारले भारतीय राजदूत विनयमोहन क्वात्रालाई सोमबार कूटनीतिक नोट बुझाइसकेको छ । पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको स्थिति जानकारी गराउँदा राजदूत क्वात्राले समेत भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्ति औपचारिक रूपमा बुझाएका थिए ।
भारतसँग असन्तुष्टि जनाइसकेको नेपालले चीनलाई पनि आफ्नो स्थिति जानकारी गराउनु आवश्यक ठानेर नोट बुझाउन लागेको उच्च स्रोतले बतायो । परराष्ट्रमन्त्री ज्ञवालीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा पछिल्लो घटनाक्रमबारे जानकारी गराउनु भएको थियो ।

त्यहीबेला उनले चीनलाई समेत राजदूत महेन्द्रबहादुर पाण्डेमार्फत कूटनीतिक नोट दिने तयारी भएको जानकारी दिएका थिए । नेपाल भूकम्पले थलिएका बेला २०७२ जेठमा लिपुलेक भञ्ज्याङ हुँदै व्यापारिक मार्ग खोल्ने भारत र चीनबीच सम्झौता भएसँगै सडक निर्माण समेत पूरा भएको छ । कालापानी क्षेत्रलाई त्रिदेशीय बिन्दु मानेको चीनले समेत भारतसँग द्विपक्षीय सम्झौता गरेर नेपाललाई अलग्याएको छ । भारत–चीनबीच सम्झौता भएलगत्तै नेपालले चीनलाई कूटनीतिक नोट पठाएको थियो ।

कूटनीतिक स्रोतका अनुसार नेपाल सरकारले लिपुलेकमा भारतले बनाएको सडकपछि सिर्जित समस्या समाधानका निम्ति तत्काल वार्ताको आग्रह गरिरहेको छ । भारतीय पक्षले भने कोरोना भाइरस संक्रमणपछि मात्र वार्ता गर्ने बताउँदै आएको छ । तत्काल टेबुलमा बस्ने हो भने यो मुद्दा छरपस्ट नहुने र समस्या समाधानका निम्ति वार्ता गरिहाल्नु उचित हुने नेपाली पक्षको राय छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group