ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लकडाउनमा सवारी बिमा शुल्कमा छुट दिन बिमा समितिले निर्जीवन बिमा कम्पनीहरूलाई निर्देशन


एबीसी न्यूज
७ जेष्ठ २०७७, बुधबार   ७ : ५८   बजे


काठमाडौँ, ७ जेठ । सवारीसाधनको बिमामा कम्पनीहरूले लकडाउन अवधिको शुल्क (प्रिमियम) मा छुट दिनुपर्ने भएको छ । लकडाउन अवधिमा सवारीसाधन निकै कम चलेकाले जोखिम पनि कम हुने भन्दै सो अवधिको बिमा शुल्कमा छुट दिन बिमा समितिले निर्जीवन बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । यसका लागि समितिले मंगलबार परिपत्र जारी गरेको छ ।

निर्देशनअनुसार लकडाउन अवधिमा पनि सवारीधनीले कुल बिमा शुल्कको एक तिहाइ रकम भने अनिवार्य तिर्नुपर्नेछ । सो रकम सवारी थन्किएको अवस्थाको जोखिमका लागि तोकिएको हो । बाँकी दुई तिहाइ शुल्कमध्ये लकडाउन अवधि ९दिन० कट्टा गरी बाँकी रकम मात्र भुक्तानी गर्नुपर्नेछ । अर्थात् सवारीधनीले बिमा गर्दा तिरेको कुल रकमको दुई तिहाइ भागबाट समानुपातिक रूपमा लकडाउन अवधिको शुल्क घटाएर बाँकी मात्र भुक्तानी गर्दा हुन्छ ।

‘सवारीसाधनको कुल वार्षिक शुल्कको एक तिहाइ रकम थन्किएको अवस्थाको जोखिमका लागि कट्टा गरी बाँकी दुई तिहाइमा समानुपातिक रकम छुट दिने,’ परिपत्रमा भनिएको छ, ‘कुल प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष, यात्रु, कर्मचारीको बिमालगायत जोखिम समूहसमेतको हिसाब गर्नुपर्ने छ ।’ सवारीसाधनको अन्यत्र बिमा हुने अवस्थामा बिमितको अनुरोधमा बिमकले छुट रकमको प्रमाणपत्र उपलब्ध गराउनुपर्ने निर्देशन पनि समितिले दिएको छ ।

सवारी बिमा गर्दा नै सबै रकम भुक्तानी गरिएको हुन्छ । यसकारण सवारीधनीले बिमालेख नवीकरण गर्दा मात्र यस्तो छुट पाउने बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘यो व्यवस्थाले सवारीधनीलाई ठूलो राहत हुनेछ,’ उनले भने ।

लकडाउन अवधि भनेर चैत ११ देखि सरकारले लकडाउन हटाएको समयसम्म कायम गर्नुपर्नेछ । अत्यावश्यक सेवाका सवारीसाधनको हकमा सरकारले सूचना जारी गरी सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको अवधिसम्मका लागि थन्किएको अवधिका रूपमा गणना गर्न पनि समितिको निर्देशन छ । अत्यावश्यकबाहेक सबै सवारीसाधनका लागि चैत ११ देखि लकडाउन सकिएको दिनसम्मलाई गणना गर्नुपर्नेछ । तर चालु बिमा अवधिमा दाबी परिसकेका सवारीसाधनको हकमा भने उक्त छुट नपाइने समितिले प्रस्ट्याएको छ ।

नेपालमा वार्षिक करिब १५ लाख मोटरको बिमा हुने गरेको छ । यो संख्या हरेक वर्ष बढ्दो छ । गत आर्थिक वर्षको नौ महिनामा मात्र १२ लाख ५४ हजार मोटर बिमा लेख जारी भएका छन् । सो अवधिमा ८ लाख ७९ हजार मोटरसाइकल, १ लाख ५९ हजार निजी सवारीसाधन र २ लाख ६ हजार व्यावसायिक सवारी साधनको बिमा भएको छ ।

सवारी दुर्घटनामा बिमाबापत मात्र वार्षिक ७ अर्ब रुपैयाँभन्दा बढी क्षति हुने गरेको छ । यो दुर्घटना, चोरीलगायत सवारीसाधन क्षतिमा बिमा कम्पनीले ग्राहक ९बिमित० लाई दाबीबापत वार्षिक रूपमा गरेको औसत भुक्तानी हो । बढ्दो सवारी दुर्घटनासँगै बिमाबापतको दाबी भुक्तानी बढ्दै गएको तथ्यांकले देखाउँछ । यस्ता दुर्घटनामा सवारीधनीले वार्षिक झन्डै १ अर्ब रुपैयाँ अलग्गै क्षति बेहोर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group