ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले ब्राजिलमाथि लगायो यात्रा प्रतिबन्ध


एबीसी न्यूज
१२ जेष्ठ २०७७, सोमबार   ८ : ५७   बजे

अमेरिका , १२ जेठ ।  ट्रम्प प्रशासनले पछिल्लो १४ दिनमा ब्राजिल पुगेका विदेशीलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । ल्याटिन अमेरिकी देश ब्राजिल हालै कोरोनाभाइरसद्वारा सर्वाधिक ग्रसित देशको दोस्रो हटस्पटको रुपमा देखिएको छ । ब्राजिलमा संक्रमितको संख्या तीन लाख ६० हजार पुगेको छ भने हालसम्म २२ हजार बढीको ज्यान गइसकेको छ ।

ह्वाइट हाउसकी एक प्रवक्ताले अमेरिकामा बाहिरबाट कुनै नयाँ केस नआओस् भन्ने उद्देश्यसहित यस्तो प्रतिबन्ध लगाइएको जानकारी दिइन् । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केली मेकेनीले भनिन्, ‘प्रतिबन्धको निर्णयबाट हामी यो कुरामा निश्चित हुनेछौं कि जो विदेशी नागरिक ब्राजिलमा छन्, उनीहरु हाम्रो मुलुकका लागि संक्रमणका अतिरिक्त स्रोत नबनून् ।’ पछिल्लो दुई हप्तामा जो पनि ब्राजिल गएका छन् उनीहरुलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ ।

यो प्रतिबन्धका कारण दुई देशबीचको व्यापार भने प्रभावित हुनेछैन । यो प्रतिबन्ध २८ मे देखि प्रभावकारी हुनेछ । यद्यपि, यो यात्रा प्रतिबन्ध अमेरिकी नागरिकमाथि भने लागू हुनेछैन । अबका दिनमा अमेरिकाले यस्तो खालको प्रतिबन्ध अन्य देशमा पनि लगाउन सक्ने अनुमान गरिएको छ । यसअघि अमेरिकाले चीन, इरान, युरोपको शेंगन इलाका, ब्रिटेन र आयरल्याण्डको यात्रामा गएकालाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

क्यानडा र अमेरिका बीच पहिले नै अनावश्यक यात्रामा प्रतिबन्ध लगाइने विषयमा सहमति भएको छ । ब्राजिलले हालै कोरोनाभाइरसको संक्रमणको मामलामा रुसलाई पछि पारेको थियो र अमेरिकापछि दोस्रो नम्बरमा आएको थियो । अर्कोतर्फ अमेरिकामा संक्रमितको संख्या १६ लाख पार भइसकेको छ भने मृतकको संख्या करिब एक लाख पुगेको छ । स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी र त्रिशूलीमा पानीको बहाव सामान्य, जोखिम भने कायमै

अपर त्रिशूली–३ ‘बी’ आयोजनाको क्याम्प लेदोले पुरियो, उद्धार कार्य चुनौतीपूर्ण

सम्बन्धित

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu