ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमा नाकामा अलपत्र एक नेपालीको मृत्यु


एबीसी न्यूज
१४ जेष्ठ २०७७, बुधबार   २ : ११   बजे

जनकपुर, १४ जेठ । नेपाल–भारत सीमानाका जटहीमा अलपत्र एक जनाको मृत्युु भएको छ । धनुषाको शहिदनगर नगरपालिकाका वडा नम्बर ९ स्थित गोठकोयलपुरका ३० वर्षीय युवकको मृत्यु भएको हो । भारतमा रोजगारी गुमेपछि जटही नाकामा आएका उनको खान समेत नपाएर कष्टकर जीवन जिउन पर्दा मृत्यु भएको दावीसहित नाकामा अलपत्र रहेका अन्य नेपालीहरुले प्रदर्शन गरेका छन् । घटनापछि नेपाल प्रवेश गरी उनीहरुले ज १ त १२१३ नम्बरको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् । जटही नाकामा रहेको समय नेपाल सरकारले खानाको व्यवस्था नगरेको र खाना नपाएर एकजनाको मृृत्यु भएको उनीहरुको दावी छ । मृतकले अहमदावादमा होटलमा कुकको रुपमा काम गर्दै आएका थिए ।

परिवारका सदस्यहरूले राति नै एम्बुलेन्स लिएर पुगे तर प्रहरीले पारि जान दिएन । रातभर संघर्ष गरे पनि दाजुलाई भेट्न नपाएको र बिहान मृत्यु भएपछि सेनाले विधि प्रक्रियाअनुसार शव ल्याउने कुरा गरिरहेको मृतकका भाइ धीरेन्द्रले जनाएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी बस्नेतले पनि घटनास्थलको मुचुल्का प्रहरीले उठाएको र गुरमैताको शव नेपाली सेनाले उपयुक्त विधि अनुसार पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा ल्याउने तयारीमा रहेको जानकारी दिए । शवको स्वाब जाँचका लागि अस्पतालबाटै लिइने र पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने बस्नेतको भनाइ छ ।

गुरमैताको मृत्युपछि सीमामा दुई दिनदेखि थुनिएका अन्य युवाहरू नेपाल सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रहरीलाई ताकेर ढुंगामुढासमेत गरेका थिए । उनीहरूको चर्को विरोध र प्रदर्शनपछि सबैलाई सीमावारि ल्याएर सम्बन्धित पालिकाहरूमा पठाइएको प्रहरीले जनाएको छ । एसपी बस्नेतका अनुसार घटनापछि बुधबार मात्रै करिब तीन सयभन्दा बढी नेपाली जिल्ला प्रवेश गरेका छन् । मंगलबार पनि करिब साढे तीन सयजना सो नाकाबाट भित्रिएका थिए । पछिल्लो दुई सातामा धनुषामा मात्रै करिब दुई हजारजना प्रवेश गरिसकेका छन् । दिनहुँ भारतबाट आउने भिडलाई व्यवस्थापन गर्न प्रशासन र जनप्रतिनिधिलाई हम्मे परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले बगाएको टिमुरे–केरुङ सडक चीनले पुनः सञ्चालनमा ल्यायो

प्रधानमन्त्री बालेन्द्र शाहले आज संसद्मा सम्बोधन गर्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu