ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखमा कोरोनाका सङ्क्रमित बढ्दै


एबीसी न्यूज
१४ जेष्ठ २०७७, बुधबार   ७ : २२   बजे


दुल्लु, १४ जेठ । कर्णाली प्रदेशका पहिलो कोरोना पोजेटिभ पुष्टि भएका आठबीस नगरपालिका वडा नं १ का ३५ वर्षीय युवकसँगै दिनहुँ दैलेखका विभिन्न स्थानमा परीक्षणका क्रममा सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेको छ ।

जेठ ५ गते आठबीस नगरपालिका वडा नं १ सत्ताला गाउँका ३५ वर्षीय युवकमा कोरोना पुष्टि भएसँगै मङ्गलबारसम्म यो क्रम बढेको छ । जिल्लाको पश्चिम आठबीस नगरपालिकामा देखापरेकोमा अहिले सदरमुकामसहित छिमेकी जिल्ला सुर्खेतसँग सीमा जोडिएको गुराँस गाउँपालिका–२ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा सङ्क्रमित सङ्ख्या बढेर आठ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मी नारायण तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेठ ५ गते कर्णाली प्रदेशकै पहिलो आठबीस नगरपालिका वडा नं १ का ३५ वर्षीय युवक, सोमबार सदरमुकामस्थित नारायण नगरपालिका वडा नं ३ का १५ वर्षीय बालक, सोही वडा निवासी १८ वर्षीय किशोर, डुङ्गेश्वर गाउँपालिका वडा नंं १ का २७ वर्षीय र सोही वडाका ३५ वर्षीय अर्का युवा र २५ वर्षीया महिला मङ्गलबार गुराँस गाउँपालिकाका २४ र ३५ वर्षीय दुई युवामा कोरोना पुष्टि भएपछि दैलेखमा सङ्क्रमितको सङ्ख्या बढेर आठ पुगेको छ ।

दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढेर जानु र भारतबाट सयौँको सङ्ख्यामा जिल्लामा उद्धार गरी ल्याएर व्यवस्थापन गर्न सकिएन भने जिल्लामा कोरोना सहज भएको रेखाङ्कनबाट जटिल रेखाङ्कनमा उन्मुख हुने अधिकारकर्मीले बताएका छन् । सङ्क्रमित सबै आठजना नै भारतबाट पछिल्लो समयमा उद्धार गरी ल्याइएका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group