ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपिलवस्तुमा एकैदिन २७ जना कोरोना संक्रमित


एबीसी न्यूज
१६ जेष्ठ २०७७, शुक्रबार   १ : १६   बजे

काठमाडौं, १६ जेठ ।  कपिलवस्तुमा एकैदिन २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणबाट उनीहरूमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो। बिहीबार साँझ कोरोना संक्रमण पुष्टि हुनेहरू जिल्लाको विजयनगर गाउँपालिका, कपिलवस्तु नगरपालिका र महाराजगञ्ज नगरपालिकाका हुन्। जसअनुसार कपिलवस्तु नगरपालिकाका १७, विजयनगर गाउँपालिकाका ९ जना र महाराजगन्ज नगरपालिकाका एक जना छन्। कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार कपिलवस्तु वडा नं ८ का मात्रै १२ जनामा संक्रमण पुष्टि भएको हो।

कपिलवस्तु नगरपालिका वडा नं. ११ का ३ जना, वडा नं. १० र ७ का १र१ जना रहेका छन्। उनीहरू सबै १७ देखि ४० वर्ष उमेर समूहका पुरूष हुन्। त्यसैगरी विजयनगर गाउँपालिकाको वडा नं. ७ का ६ जना, वडा नं ३ का २ जना र वडा नं. ५ का एक जना रहेका छन्।

कोरोना फोकल पर्सन थापाका अनुसार उनीहरू पनि २३ देखि ५२ वर्ष उमेरका सबै पुरूष रहेका छन्। कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नंं. ७ का ३० वर्षका एक पुरूषमा पनि बिहीबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १ सय ३६ पुगेको छ। बिहीबार संक्रमण पुष्टि हुने सबै जना भारतबाट आई क्वारेन्टिनमा बसेकाहरू रहेको थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group