ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अरनिको राजमार्गको भेलले बगाएका चालक अझै बेपत्ता


shreedhar Gautam
२९ जेष्ठ २०७७, बिहिबार   १ : ४८   बजे

भक्तपुर, २९ जेठ । भक्तपुरको सल्लाघारी पूर्व आधा घण्टा परेको मुसलधारे वर्षाले अरनिको राजमार्गमा आएको भेलसँगै ढलभित्र छिरेर हनुमन्ते नदीमा पुगेर बेपत्ता भएका ट्रक चालक अझै भेटिएका छैनन् । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको चुनदेवीमा आएको भेलको गहिराइ हेर्न गएका सिन्धुली रानीचुरी घर भई हेटौँडा मकवानपुर बस्ने ५७ वर्षीय नरबहादुर राउत बेपत्ता भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।

ना६ख १६१६ नंको ट्रकमा हेटौँडाबाट ल्याएको सिमेन्ट सल्लाघारीमा झारेर अरनिको राजमार्गको सर्भिस ट्र्याक हुँदै सूर्यविनायकतर्फ जाने क्रममा चुनदेवी पुगेपछि सडकमा गहिरो छ कि भनेर हेर्न जाँदा उहाँलाई भेलले हुत्याएर ढलभित्र छिराएर बेपत्ता बनाएको उहाँले जानकारी दिनुभयो । सोही ट्रकका सहचालक एवं प्रत्यक्षदर्शी रुपेश सुनारले भन्नुभयो, “सूर्यविनायक जाने मुख्य सडकमा पनि मोटरसाइकल नै पल्टाउने गरी ठूलो भेल आएको थियो, सर्भिस ट्र्याकमा पनि पानीको भेलले बाटो नै देखिएको थिएन, ट्रक रोकेर ड्राइभर झरेर मुख्य सडक र सर्भिस ट्र्याकको पानी जाने ठाउँमा गहिरो छ कि छैन भनेर हेर्न जाँदा भेलले उहाँलाई हुत्याएर ढलमा हाल्यो, त्यसपछि कहाँ पुगे भेटिएनन् ।” आफ्नै आँखा अगाडि राउतलाई बगाउँदा पनि उद्धार गर्न नसकेपछि प्रहरीलाई खबर गरेको थिएँ ।

घटनापछि महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती, नेपाली सेना वीरदल गण सूर्यविनायक, सशस्त्र प्रहरी बल दुवाकोटको प्रमुखसहितको सुरक्षाकर्मीको टोली र अरुण सैँजूलगायत स्वयंसेवकको टोलीले खोजी गरेका थिए । सुरक्षाकर्मी र स्वयंसेवकको टोली ढलभित्र छिरेर खोलासम्म पुगेर खोजी गरेका थिए ।

सल्लाघारीका प्रतक्ष्यदर्शीले टाउकोमा चोट लागेको मानिस बगेको देखेको जानकारी दिएका छन् । सुरक्षाकर्मीको टोलीेले हनुमन्ते खोलाको सल्लाघारीदेखि, राधेराधे, जुडीबुटी र नरेफाँटसम्म हुँदै ललितपुर र काठमाडौँका खोलामा समेत रातिसम्म खोजी गर्दा पनि नभेटिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group