ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाराका ५ वर्षीय बालकको मृत्युपछि कोरोना पुष्टि , कोरोनाबाट मृत्यु हुनेको संख्या १८


एबीसी न्यूज
३१ जेष्ठ २०७७, शनिबार   १२ : २१   बजे

काठमाडौं, ३१ जेठ । बाराको निजगढका ५ वर्षीय बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित सिटिजन हेल्थ केयरमा उपचारपछि मृत्यु भएका बालकमा स्वाब परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको नारायणी अस्थायी अस्पतालका संयोजक डा। उदयनारायण सिंहले बताउनुभयो ।

बालकको हिजो राति भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्युपश्चात कोरोनाको आशंकामा उनको स्वाब परीक्षण गरिएको थियो।
अस्पतालमा भर्ना भएका उनलाई पछि स्वासप्रस्वासमा पनि समस्या देखिएपछि भेन्टिलेटरमा सारिएको थियो। तर सोही क्रममा बालकको मृत्यु भएको हो।

मृत्युपछि कोरोना देखिएपछि बालकको शवलाई प्रहरीले दाहसंस्कार गर्ने तयारी गरेको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ। हिजै वीरगन्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएका २५ वर्षीय युवकमा पनि कोरोना पोजेटिभ देखिएको थियो। पछिल्लो दुई मृत्यु संख्याबारे स्वास्थ्य मन्त्रालयलको औपचारिक जानकारी गराउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group