ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक पद छाड्नुपर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव


एबीसी न्यूज
१० असार २०७७, बुधबार   ५ : ११   बजे


काठमाडौँ, १० असार । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता हुँदा गरिएको शक्ति बाँडफाँडसम्बन्धी सम्झौता छाडेर गल्ती गरेको बताउनुभएको छ । बुधबारबाट सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आधा–आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति छाड्नु गल्ती भएको बताउनु भएको हो ।

‘मैले पहिला पार्टी एकता हुँदाको सम्झौता छाडेर पार्टीको हकमा जे लाभ हुन्छ भनिएको थियो त्यो भएन । त्यो गल्ती गरिएछ भन्ने महशुस भएको छ,’ प्रचण्डको भनाईलाई उद्धृत गर्दै नेकपा एक नेताले बताउनुभयो । पार्टी एकता हुनुभन्दा एक दिन अगाडि अर्थात ०७५ जेठ २ गते ६ बुँदे सहमतिमा समानता र समान अवधिका आधारमा आबश्यकताअनुसार दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने विषय पनि थियो । ०७६ मंसिर ४ गतेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने र ओलीले पाँच बर्ष सरकार चलाउने सहमति गरेको थियो ।

बैठकमा अध्यक्ष प्रचण्डले घुमारो पाराले अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छाड्न ओलीसमक्ष प्रस्ताव गरेको बैठकमा सहभागि एक नेताले बताउनुभयो । उहाले भन्नु भयो वैठकमा प्रचण्डले ‘अब हाम्रा अगाडि दुई बाटो छन् ।

पार्टी र सरकार संकटमा छ । एउटा, संघर्ष गरेर फुटको बाटो । कुनै पनि हालतमा त्यो बाटो जानु हुँदैन, एकता गरेर जानुपर्छ । त्यो नै उत्तम बाटो हो । त्यसको निम्ति हामी त्याग गर्न तयार हुनुपर्छ । हामी को कोले त्याग गर्दा हुन्छ त्यसमा तयार हुनुपर्‍यो ।’ भन्नु्भयो । बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाको बाढीले सार्वजनिक यातायातमा व्यापक क्षति, दर्जनौं बस सम्पर्कविहीन

राष्ट्रपति पौडेलले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिए

सम्बन्धित

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

बाढीपीडितलाई सहयोग गर्न रकमको सीमा हटायो राष्ट्र बैंकले

भोटेकोसी बाढीपछि सञ्चार सेवा पुनर्स्थापनामा जुट्यो नेपाल टेलिकम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu