ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता


admin
१७ मंसिर २०७४, आइतबार   ३ : ०४   बजे

जुम्ला, १७ मंसिर । न कोलियामा बत्ती छ, न त सुताइबसाइँमा न्यानोपन । नवनिर्मित उच्च सरकारी वकिल कार्यालयको सिमेन्टको कोलियामा मतपेटिका कुर्न बसेका दलका कार्यकर्तालाई माइनस पाँच डिग्री सेन्टिग्रेडको चिसो, कालो र लामो रात काट्न निकै सकस भएको छ ।


मंसिर १० गते बेलुकादेखि मतपेटिका कुर्दै आएका लोकतान्त्रिक तथा वाम गठबन्धनका कार्यकर्तालाई सात रात सात महिना जत्तिकै लागेको छ । प्रत्यक्षतर्फको प्रतिनिधि र प्रदेशसभा तथा समानुपातिकतर्फको मतपेटिका आसपासका कोठामा राखी सिल गरिएको ढोका नजिक कुरुवा बसेका उनीहरुले एक सातादेखि मतदाताको मतमा कुठाराघात हुने शंकाले २४सै घण्टा पहरेदारी गर्दै आएको बताएका छन् ।

मतपेटिकाको कुरुवा बसेका लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता तेजेन्द्र हितानले नेपाली काँग्रेसको जित हुनेमा आफू ढुक्क रहेको बताउनुभयो । “जनता काँग्रेसका पक्षमा रहेको जनाउँदै हितानले वाम गठबन्धनभित्रको किचलो र विवाद आफ्नो जितको प्रमुख आधार हो”– भन्नुभयो । मंसिर १० गतेको चुनावमा वाम गठबन्धनभित्रकै नेताले गरेको क्रियाकलापले हाम्रो जितलाई सुनिश्चित गरेको दाबी गर्दै उहाँले भन्नुभयो ।

कुरुवामा बसेका वाम गठबन्धनका कार्यकर्ता चक्रबहादुर रावलले ६ नं प्रदेशमै वाम गठबन्धनको अग्रिम जित रहेको बताउनुभयो । “जुम्ला वाम गठबन्धनको जिल्ला हो, हाम्रो जित सुनिश्चित भइसकेकाले घोषणाको दिन पर्खाईका लागि हामीले आफूलाई जाडो मौसम अनुकूलित बनाएर बसेका छौँ”– उहाँले भन्नुभयो ।
बजारका चियापसल तथा प्रतीक्षालयमा लोकतान्त्रिक तथा वाम गठबन्धनका कार्यकर्ता भने बिहानै माइनस ५÷६ डिग्री सेन्टिग्रेडको तापक्रम क्रुर चिसोमा तातो बहस चलाएर तर्कवितर्क गरिरहेको पाइन्छ । वाम गठबन्धनका अघि निकै कमजोर मानिएको लोकतान्त्रिक गठबन्धनले वाम गठबन्धनभित्र चुलिएको विवाद र अनुमानित अन्तरघातलाई जितको मुख्य कडी बनाएको पाइन्छ ।
वाम गठबन्धनले प्रतिनिधिसभा सदस्य र प्रदेश क्षेत्र नं (ख) को उम्मेदवारको विजय घोषणा हुन मात्र बाँकी रहेको बताएको छ । ३१ हजार ७१४ मतदाता रहेको क्षेत्र नं (क) मा २३ हजार ६२९ मत खसेको थियो । त्यसमा झण्डै ६६ प्रतिशत आफ्नो हिस्सामा राखेको वाम गठबन्धनले घातले जितमा कुनै असर नपर्ने जनाएको छ ।

आठ÷आठ घण्टाको फरकमा एक अर्को गठबन्धनका कार्यकर्ताले पालैपालोगरी मतपेटिका कुर्ने काम गरिएको जनाइएको छ । प्रतिस्पर्धी देखिएका दुवै गठबन्धनका उम्मेदवारलाई भने जनताले न्याय गर्ने दिनको पर्खाईले निकै छटपटी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group