ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बन्दाबन्दीको समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण


एबीसी न्यूज
१२ असार २०७७, शुक्रबार   ७ : ०७   बजे


काठमाडौं, १२ असार । बन्दाबन्दीको समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् ।

बन्दाबन्दीको समयमा ७३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका हुन् । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुमध्ये सबैभन्दा बढी ४७ प्रतिशत (६४ जना) छिमेकी रहेका छन् ।

महिलापुनस्र्थापना केन्द्र (ओरेक) ले बन्दाबन्दीको करिब तीन महिनाको अवधिमा गरेको अभिलेखीकरणअनुसार आठ सामूहिक बलात्कार र नौ वैवाहिक बलात्कारसम्बन्धी घटनासमेत रहेका छन् । यसैगरी १२ प्रतिशत (१७ जना) परिवारका सदस्य, नौ जना प्रेमी ठानिएको व्यक्ति, तीन घटना सेवाप्रदायक, तीन शिक्षक र ३१ जना अञ्जान व्यक्तिबाट बलात्कारका घट्ना भएको पाइएको ओरेकका वरिष्ठ कार्यक्रम संयोजक संजिता तिम्सिनाले जानकारी दिनुभयो ।

ओरेकले यही असार ५ गतेसम्म ५७ जिल्लाबाट ७३० जना महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण गरेको जनाएको छ । जसमध्ये ४२४ घरेलु हिंसा, १०९ बलात्कार, ७४ सामाजिक हिंसा, ३१ आत्महत्या, २७ यौन दुव्र्यवहार, २५ बलात्कारको प्रयास, १६ हत्या, ११ साइबर अपराध, चार हत्या वा आत्महत्या पुष्टि हुन बाँकी, चार हत्याको प्रयास, तीन मानव बेचविखन, दुई आत्महत्याको प्रयाससँग सम्बन्धित घटनाहरु रहेका छन् ।

ओरेकद्वारा सञ्चालन गरिएको तीन वटा हटलाइन, मनोविमर्शकर्ता, महिला मानवाधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ्घसंसस्थाबाट यी घटनाहरु अभिलेखीकरण गरिएको उहाँले बताउनुभयो । यीमध्ये ८७ घटना सञ्चारमाध्यमबाट सङ्कलन गरिएका हुन् । समाजमा महिलाप्रति रहेको असमान दृष्टिकोण र व्यवहारको कारण महिलाको शरीर जसले, जसरी र जुन बेला पनि प्रयोग गर्न सक्छ भन्ने गलत सोचका कारण हिंसाका घट्नामा कमी नआएको वरिष्ठ कार्यक्रम संयोजक तिम्सिनाको भनाइ छ ।

बलात्कार जस्तो निकृष्ट मानवाधिकार हनन्का घटनामा पनि पीडित परिवारले घटना दर्ता गर्न सङ्घर्ष गर्नुपर्ने स्थिति रहेको, प्रभावितलाई समाजमा हेर्ने दृष्टिकोण र गरिने व्यवहार पनि अमानवीय र निन्दनीय रहेको ओरेकले जनाएको छ । बन्दाबन्दीको यस अवधिमा संस्थासँग आवद्ध मनोविमर्शकर्ताले फोन र सामाजिक दूरी कायम गरी व्यक्तिगत भेटघाटका माध्यमबाट कोभिड–१९ को त्रासका कारण उत्पन्न मनोसामाजिक समस्याबाट प्रभावित ५६९ र ६३६ हिंसा प्रभावित÷प्रभावितको परिवारका सदस्य गरी एक हजार २०५ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu