ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीमा बेपत्ता आफन्तको कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ५ : ५५   बजे

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका आफन्तको शव नभेटिएपछि परिवारहरूले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गर्न थालेका छन्। बुधबार पशुपति आर्यघाटमा पनि बेपत्ताका आफन्तहरूले परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरेका हुन्।

पशुपति क्षेत्र विकास कोषअन्तर्गत आर्यघाटमा दाउरा व्यवस्थापनमा खटिएका कर्मचारी बुद्ध तामाङका अनुसार बुधबार बिहानैदेखि बेपत्ताका आफन्तहरू कुशको प्रतिमा बनाएर अन्त्येष्टिका लागि आर्यघाट पुगेका थिए। बाढीमा बेपत्ता भएका व्यक्तिको शव नभेटिएपछि परिवारले धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गर्न थालेका हुन्।

“बेपत्ताका आफन्तहरूले आज बिहानैदेखि परम्पराअनुसार कुशको प्रतिमा बनाएर अन्त्येष्टि गर्न आउनुभएको छ,” तामाङले भन्नुभयो, “एकजना व्यक्तिदेखि समूहकै पनि दाहसंस्कार हुनसक्ने भएकाले कति जनाको भयो भनेर यकिन संख्या भन्न सम्भव छैन।”

बेपत्ताका आफन्तहरू बिहानैदेखि आर्यघाटमा भेला भएका कारण त्यहाँ भीडसमेत बढेको उहाँले बताउनुभयो। कतिपय परिवारले बेपत्ताको तस्वीर राखेर श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन्। पशुपतिस्थित किरियापुत्री घरसमेत भरिएको जनाइएको छ।

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको पशुपति क्षेत्रस्थित आर्यघाट र भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कारको व्यवस्था यसअघि नै गरिएको छ। पशुपति क्षेत्र विकास कोषले विपद्मा ज्यान गुमाएकाहरूको दाहसंस्कारका लागि आवश्यक व्यवस्था मिलाएको जनाएको छ।

बेपत्ताको शव लामो समयसम्म नभेटिएपछि कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गर्ने क्रम प्रभावित परिवारमा देखिन थालेको छ। यसअघि पर्वतका भोटेकोशी बाढीमा बेपत्ता शिवप्रसाद लम्सालको समेत शव नभेटिएपछि कुशको आकृति बनाएर अन्तिम संस्कार गरिएको थियो।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अत्यावश्यक सामग्रीको ढुवानी सहज बनाउन चेम्बरले स्थापना गर्‍यो सहजीकरण डेस्क

भोटेकोशी बाढीमा बेपत्ता आफन्तको कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

Energy Sector Donates Rs. 21M to PM Disaster Relief Fund

बुढानीलकण्ठमा फुटबल रंगशाला बन्ने, राखेप र नगरपालिकाबीच सम्झौता

Former PM Prachanda Calls for Global Action on Climate Change Amid Nepal Flood Crisis

Nepal’s Tourism Sector Suffers Over Rs 50 Billion Losses from Bhotekoshi Flooding

Krishnabhir Section of Prithvi Highway to Resume Operations This Month: PM Shah

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu