ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड !


एबीसी न्यूज
१३ असार २०७७, शनिबार   ४ : १९   बजे

काठमाडौं, १३ असार । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोडको हाराहारीमा पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ९२ हजार नयाँ संक्रमित थपिएसंगै विश्वभर कोरोना भाइरस संक्रमित संख्या १ करोडको नजिक पुगेको हो ।

कोरोना भाईरसको संक्रमणबाट मृत्यू हुनेको संख्या ५ लाख पुगेको छ । हालसम्ममा करीव ५४ लाख उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना भाइरसको संक्रमण विश्वका २१३ मुलुकमा फैलिसकेको छ । कोरोना संक्रमित, मृत्यू र संक्रमण पश्चात निको हुने मानिस सबैभन्दा बढी रहेको मुलुक अमेरिका रहेको छ ।

अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख २७ हजार ६४० जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या २५ लाख ५३ हजार ०६८ रहेको छ । अमेरिकामा शनिबार सम्ममा १० लाख ६८ हजार ७६८ जना उपचारपछि निको भएर घर गएका छन । कोरोना संक्रमित सबैभन्दा बढी रहेको अमेरिकापछि दोस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरै संक्रमित फेला परे भने भन्डै १ हजार कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै ब्राजिलमा हालसम्म १२ लाख ८० हजार ५४ जना संक्रमित हुँदा ५६ हजार १०९ जनाको मृत्यु भएको छ । यस्तै रुस ब्राजिलपछि सबैभन्दा बढी कोरोना संक्रमित पुष्टि भएको मुलुक रहेको छ । रसियामा ६ लाख २७ हजार ६४६ संक्रमित हुँदा ८ हजार ९६९जनाको मृत्यु भएको छ ।

रसियामा कोरोना संक्रमित उच्च रहेपनि मृत्यू दर भने निकै कम रहेको छ । अमेरिका,ब्राजिल र रसिया पछि विश्वमा सबैभन्दा बढि कोरोना संक्रमित रहेको मुलुकमा छिमेकी मुलुक भारत रहेको छ । भारतमा पछिल्लोे २४ घण्टामा १८ हजार नयाँ संक्रमित थपिएका छन भने हालसम्ममा १५ हजार ७ सय जनाको कोरोना संक्रमणबाट मृत्यू भैसकेको छ । संक्रमितको संख्या ५ लाख ९ हजार ७५३ जनामा कोरोना भाइरस पुष्टि भै सकेको छ । भारतमा पनि संक्रमणको दर उच्च रहेको मुलुकमा रहे पनि मृत्युदर र भने कम रहेको छ ।

विश्वमा कोरोना सक्रमित उच्च रहेका १५ मुलुकमा बेलायत, स्पेन, पेरु, चिली इटाली, इरान, मेक्सिको, पाकिस्तान, टर्की, जर्मनी, साउदी अरबिया रहेका छन् । विश्वभर कोरोना संक्रमित मध्ये ४० लाख ५२ हजार ४६५ चालु केश रहेको छ । चालु केश मध्ये ९९ प्रतिशत सामान्य अबस्थामा छन भने १ प्रतिशतको अबस्थामात्र जटिल छ ।

कोरोना संक्रमणको बन्द केशमध्ये ९२ प्रतिशत निको भएर घर फर्केका छन भने मात्र ८ प्रतिशतको मृत्यू भएको छ । यो तथ्यांकले पनि कोरोना संत्राश कम हुदै गएको देखाएको छ । कोरोना भाइरस डिसेम्बर अन्तिम साताबाट चीनको हुपेइ प्रान्तको उहान शहरमा देखिएको थियो । तर त्यसको दुइ महिनापछि फेवअ्ररी २०२० देखि कोरोना संक्रमण अमेरिका युरोप हुदै विश्वभर नै फैलन सुरु गरेको थियो । विश्व स्वास्थ्य संगठनले पनि कोरोना संक्रमण तीव्र रुपमा विश्वभर फैलिन सुरु गरेसंगै कोरोना भाइरस प्रकोपलाई विश्वव्यापी महामारीको संज्ञा दिएको थियो । भने संक्रमणलाई कोभिड–१९ नाम दिएको थियो । कोरोना संक्रमण अहिले पनि नियन्त्रण बाहिर रहेको छ । विश्वले नै यतिखेर कोरोनाको नियन्त्रण गर्न र संक्रमणबाट जोगिन अथक प्रयास गर्दै आएको छ ।

कोरोना संक्रमणबाट बाँच्न विश्वव्यापी रुपमै यो वा त्यो रुपमा लकडाउनको अभ्यास पनि जारी रहेको छ । केही साता पहिलेसम्म लगभग आधा विश्व नै लक डाउनमा रहेको थियो । हाल क्रमिक रुपमा लकडाउन खुकुलो पार्दै विश्वकै अर्थतन्त्र चलायमान बनाउदै गरेको अबस्था रहेको छ । तर पनि संक्रमणको जोखिन नटरेको हुदा नेपाल जस्तो मुलुकले भौतिक, दुरी कायम गदै जनजीवन चलाउनुपर्ने हुन्छ भने । विश्व जगत,बैज्ञानीकहरु र विश्वस्वास्थ्य संगठनले भने औषधि र खोपको खोजी गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group