ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आधुनिक सडक निर्माण गर्दै भीमदत्तनगर


एबीसी न्यूज
१४ असार २०७७, आइतबार   १० : ४०   बजे


कञ्चनपुर, १४ असार ।  कोभिड–१९ रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको भीमदत्तनगर बजार क्षेत्रको पक्की नालिसहित सडक निर्माणको कार्य शुरु गरिने भएको छ । भीमदत्त नगर बजारलाई आधुनिक सहरका रुपमा विकास गर्ने लक्ष्यका साथ क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत बजारका सबै गल्लीमा नालीसहित सडक बनाउन लागिएका हुन् । सडक निर्माणका लागि रु एक अर्ब ७६ करोडको बोलपत्र आव्हान भैसकेको छ ।

भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना महामारीका कारण सडक निर्माणको कार्य केही ढिलो भएपनि ठेक्का बन्दोवस्ती भइ सकेको बताउनुभयो । “सडक निर्माणको कार्य समयमै शुरु गरेर निर्धारित समयमै पूरा गर्ने लक्ष्य लिएका छौँ”, उहाँले भन्नु भयो, “साझेदार संस्था निर्धारि तसमयमै निर्माण कार्य पूरा गर्ने सहमति भएको छ ।”
भीमदत्त नगर बजारका पाँचै गल्लीमा १३ दशमलव ८५ किलोमिटर नालीसहित सडक निर्माण गर्ने योजना छ । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत भीमदत्त नगरपालिकामा ३५ किलोमिटर नालीसहित पक्की सडक निर्माण गरिनेछ । त्यसमध्ये पहिलो चरणमा बजार क्षेत्रमा सडक बनाउन लागिएको हो । पहिलो चरणमा पाँच गल्लीमा नालीसहित उच्च गुणस्तरीय सडक बनाइने र त्यसपछि अन्य सडक निर्माणको कार्य शुरु गरिने नगरप्रमुख विष्टले बताउनुभयो ।

नालीसहितका पक्की सडकका लागि सबै पुराना सडक भत्काइने भएका छन् । सडक निर्माणसँगै फुटपाथ हटाइने भएको छ । नगरपालिकाका अनुसार सबै सडक ७ दशमलव ५० मिटर चौडा आधुनिक तरिकाले कालोपत्रे गरिनेछ । पश्चिमी सीमा नाकाको सहर महेन्द्रनगर भारतको राजधानी दिल्लीदेखि झण्डै ३५० किलोटिमर दूरीमा छ । भीमदत्त नगरमा गत वर्ष आधुनिक बसपार्क निर्माण गरी सञ्चालमा आएको छ । भीमदत्त नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण, सडक निर्माण लगायतका योजना सञ्चालनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu