ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ नक्सा जारी गरेकै कारण भारतले मलाई हटाउन खोज्यो – प्रधानमन्त्री


एबीसी न्यूज
१४ असार २०७७, आइतबार   २ : ५७   बजे

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल खेलिरहेको दाबी गर्नुभएको छ ।

खेलमा नेपालका नेताहरू पनि लागेको समेत उहाले दावी गर्नुभयो । मदन भण्डारी फाउण्डेसनले शनिबार बालुवाटार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो , ‘तपाईहरुले पनि सुन्नु भएको हुन्छ, हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ, भारतका मिडिया सुन्नु भएको होला । भारतका बौद्धिक बहसहरु सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ ‘।’ आफू अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवहन सन्धि गरे लगतै उहाले स्मरण गराउनु भयो । अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको उहाँले बताउनुभयो ।

उहाले भन्नुभयो नेपालकै नेताहरु लागेका छन् । बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन ।’ ‘चीनतिर सम्झौता गरेर फर्किएपछि सरकार ढलेको थियो किनभने हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान सशोधन भयो, नक्सा जारी भयो । बाहिर भन्न नसक्ने तरभित्रभित्र यस्तो अपराध गर्ने केपी ओलीलाई ‘। यहाँका होटलहरुमा भइरहेका गतिविधिले पनि देखाइरहेको छ । दूताबासको सक्रियताले पनि देखाउँछ ।

’ तर प्रधानमन्त्रीलाई हटाउने सपना पुरा नहुने समेत उहाले बताउनुभो । नेपालको आजको रााष्ट्रियता यति कमजोर छैन, कसैले नसोचे पनि हुन्छ ‘ प्रधानमन्त्री ओलीले आफूलाई पदमा बसिरहन मन नभएको बताउदै आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताउनुभयो । उहाले भन्नुभयो ‘किनकी भोलिपल्ट बर्खास्त हुन्छ । त्यसकारण मैले आजका लागि होइन, भोलिका लागि । आफ्ना लागि होइन, देशका लागि  थिती बसाल्न खोजेको हो ‘। यसैले हाम्रो पार्टी र संसदीय दल यस्तो बहकावमा नलाग्ने उहाले आग्रहगर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाको बाढीले सार्वजनिक यातायातमा व्यापक क्षति, दर्जनौं बस सम्पर्कविहीन

राष्ट्रपति पौडेलले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिए

सम्बन्धित

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

बाढीपीडितलाई सहयोग गर्न रकमको सीमा हटायो राष्ट्र बैंकले

भोटेकोसी बाढीपछि सञ्चार सेवा पुनर्स्थापनामा जुट्यो नेपाल टेलिकम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu