ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेमा ६२ प्रतिशत घर भूकम्प प्रतिरोधी


shreedhar Gautam
१६ असार २०७७, मंगलबार   ९ : ४७   बजे

काभ्रेपलाञ्चोक, १६ असार । भूकम्प गएको पाँच वर्षमा काभ्रेपलाञ्चोक जिल्लामा ६२ प्रतिशत घरहरु भूकम्प प्रतिरोधी बनेको जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकले जनाएको छ ।

सो क्रममा जिल्लाको ७७ हजारभन्दा बढी परिवार बैंकिङ प्रणालीमा आबद्ध भइसकेको र चार हजारभन्दा माथि दक्ष सिकर्मी÷डकर्मीलाई तालिम प्रदान गरेर भूकम्प प्रतिरोधी घर निर्माणको काममा लाग्न सक्षम बनाइएको जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकका प्रमुख शिवप्रसाद लम्सालले बताउनुभयो । यसबाट भविष्यमा हुने यस्तै प्राकृतिक प्रकोपको सामना गर्नका लागि बलियो आधार तयार भएको उहाँको भनाइ छ । अहिलेसम्म आइपुग्दा पुनःनिर्माणका लागि स्वदेशमा नै रहेका विविध क्षेत्रका दक्ष जनशक्तिहरुको व्यापक परिचालन गर्न सफल भएको उहाँले बताउनुभयो ।

काभ्रेपलाञ्चोकमा भूकम्प लाभग्राहीको सङ्ख्या ८४ हजार ५७० रहेकामा ९१ प्रतिशत ९७७ हजार २०५० लाभग्राहीले पहिलो किस्ता लिएका छन् । त्यस्तै ७३ प्रतिशत ९६२ हजार १८८० लाभग्राहीले दोस्रो किस्ता र ५२ प्रतिशत ९५२ हजार ७०५० लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । पुनःनिर्माणको अवस्था शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी प्रगति भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले जनाएको छ ।

अहिले पनि पहिलो किस्ता नलिने, पहिलो किस्ता लिएर दोस्रो किस्ता नलिने र दोस्रो किस्ता लिएर लामो समयसम्म तेस्रो किस्ता नलिने लाभग्राही धेरै रहेका कार्यालयले जनाएको छ । समयमै भूकम्प प्रतिरोधी घर निर्माण गर्न नसक्नुमा क्षतिग्रस्त भनिएका घरहरु लाभग्राहीले नभत्काइदिनाले सुरक्षित बस्ती निर्माण हुन नसकेको र सुव्यवस्थित पनि नदेखिएको आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

त्यसरी पुनःनिर्माण सम्पन्न भए पनि समस्याहरु रहेको आयोजना कार्यान्वनय एकाइ प्रमुख लम्सालको भनाइ छ । बनाइएका घरहरु सानो भएको भनी बासस्थानका रूपमा प्रयोग नगर्ने गरिएको, भूकम्प प्रतिरोधी घर मापदण्डानुसार निर्माण गर्दा परम्परागत बस्ती लोप भएको, बैंक तथा वित्तीय संस्थाबाट सहुलियत ऋण पूर्णरूपमा उपलब्ध नगराएको र शहरी क्षेत्रमा घर निर्माणका लागि रु तीन लाख थोरै हुनेलगायतका समस्याले गर्दा पुनःनिर्माणको काम प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको पाइएको उहाँले बताउनुभयो ।

चार हजार टिमुरको बिरुवा रोपियो

पनौती नगरपालिका–१० सल्मिटारमा रहेको ‘सल्मिटार सामुदायिक वन उपभोक्ता समूह’ले आफ्नो समूहभित्र रहेको वनमा चार हजार टिमुरको बिरुवा रोपेको छ । वन उपभोक्ता समूहका अध्यक्ष ज्ञानबहादुर लामाले डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकको सहयोग, इलाका वन कार्यालयको समन्वय र वन समूहको अगुवाइमा तीन दिन श्रमदान गरी बिरुवा रोपेको बताउनुभयो । “वन समूहले वन व्यवस्थापनको कामअन्तर्गत झाडीहरुको सुधार गरी टिमुरको बिरुवा रोप्ने काम शनिबारबाट शुरु भई सोमबार सम्पन्न भएको हो”, समूहका अध्यक्ष लामाले भन्नुभयो । वनमा टिमुर रोपेपछि त्यसबाट आर्थिक लाभ लिन सकिने भएकाले महिला सशक्तीकरण र गरिबी न्यूनीकरणमा टेवा पुग्ने भएकाले टिमुरका बिरुवा रोपेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu