ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तारुढ दलको विवादका कारण संसदको वर्षे अधिवेशन अन्त्य


ABC NEWS
१८ असार २०७७, बिहिबार   २ : ३५   बजे

काठमाडौं १८ असार । अचानक प्रधानमन्त्री केपी शर्मा ओलीले दिउंसो साढे १२ बजे मन्त्रिपरिषदको बैठकबाट संसदको चालु अधिवेशन अन्त्य गर्ने सिफारिश गरे लगत्तै राष्ट्रपतिबाट अधिवेशनको अन्त्य गरिएको छ । राष्ट्रपनि कार्यालयको प्रेस वक्तव्य अनसार आजै बेलुकी ५ बजेदेखि संसदको दुवै सदनको अन्त्य गरिएको जनाइएको छ । ।
यसभन्दा पहिले संसदको अन्त्य गर्दाको दिनको राती १२ बजेबाट अन्त्य भएको घोषण गर्ने गरिन्थ्यो ।
सत्तारुढ दलको स्थायी समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा पर्ने र प्रधानमन्त्रीको राजीनामा गर्ने आंकलनका साथ प्रधानमन्त्रीले संसद बैठक अन्त्य गर्ने सिफारिश गरेको हुन सक्ने स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गोकर्ण विष्टले बताए।


प्रधानमन्त्रीले संसदको अन्त्य गर्नु अघि विहान संसदीय दलका उपनेता सुवास नेम्वांग तथा उपप्रधानमन्त्री इश्वर पोखरेल सहितका ओली निकट मानिने नेताहरुले अध्यक्ष प्रचण्डसंग उनको निवासमै पुगेर लामो छलफल गरेका थिए ।
११ बजे स्थायी समितिको बैठक बस्ने तय भएकोमा सोही समयमा प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए। त्यसको केही बेरमा प्रम ओलीले संसद अन्त्य गर्ने सिफारिश राष्ट्रपनि कार्यालय पठाएका थिए ।
पत्रकार अमित ढकालले संसद अन्त्य भएको राष्ट्रपति कार्यालयको ट्विट गर्दै दु्रत डांक सेवा भन्दै व्यंग्य गरेका छन् ।
चालु संसदको बर्षे अधिवेशन सत्तारुढ दलभित्रको विवादको शिकार बन्न पुगेको छ । यो अधिवेशनबाट १दर्जन बढी विधेयक पारित गर्ने चरणमा पुगेका थिए ।
निकै विवादित बनेको नागरिकता सम्वन्धी विधेयक समेत नेकपाको केही हप्ता अघिको सचिवालय बैठकले पारित गर्ने निर्णय गरेका कारण संसदमा टेबुल भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group