ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ५ मा बाढीपहिरोको कहर : यी स्थानहरु अत्याधिक जोखिममा


shreedhar Gautam
२० असार २०७७, शनिबार   ९ : ५९   बजे

रुपन्देही, २० असार । वर्षासँगै आएको बाढी र पहिरोले प्रदेश नं ५ का विभिन्न जिल्लामा असर पु¥याएको छ । पहाडी जिल्लामा बाढी र पहिरो तथा तराईका जिल्लामा बाढीले असर गरेको छ ।
रुपन्देहीको कञ्चन नदीमा आएको बाढीले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । कञ्चन गाउँपालिका –४ स्थित भैरवघाटको नदीमा पौडी खेल्न गएका बेला बाढीले बगाएर उनी बेपत्ता भएका हुन् । साथीहरुसँग नदीको ढावा किनारमा पौडी खेल्ने क्रमा आएको बाढीले कञ्चन– ४ प्रगतिचोक बस्ने टेकबहादुर थापाका १७ वर्षीय छोरा अर्जुनलाई बगाएर बेपत्ता बनाएको थियो । उनको खोजी भइरहे पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताउनुभयो ।

निदाउनै सक्दैैनन् स्याउलीबासी

तानसेन – पाल्पाको रामपुर नगरपालिका – १ स्याउलीबजार क्षेत्रका मानिसलाई पानी पर्नेबित्तिकै घर पहिरोले लैजान्छ कि भन्ने पिर लाग्छ । स्याउलीबजार तथा निस्दी गाउँपालिकाको मित्याल जोड्ने मोटरबाटोमा पर्ने पाँच घर पहिराको जोखिममा छन् । स्याउलीबजारका गमबहादुर मल्ल, सूर्य श्रेष्ठ, दानस मल्ल, बालकुमारी मल्ल र लक्ष्मी उचैको घर पहिराको जोखिममा परेका हुन् ।

ठेकेदारले निर्माणकै क्रममा बाटाको माटो नसोहोरीकन छाडेकाले हिँडडुलमा समेत समस्या भएको स्थानीयवासी दानसले बताउनुभयो । थप पानी प¥यो भने माथिबाट पहिरो खसेर कुनै पनि बेला घरमै क्षति पुग्ने हो कि भनेर रातभर निदाउन नसकेको स्थानीयवासी सूर्यले गुनासो गर्नुभयो ।

ठेकेदार शम्भु रेग्मीले भल पस्न सक्ने भए पनि पहिराको सम्भावना कम भएको बताउँदै सडकको माटो हटाएर सफा गरिने आश्वासन दिनुभयो । शिव खिम्ती, पशुपति र मोबाइल निर्माण कम्पनीले तीन चरणमा सडकको काम सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको प्राविधिक सागर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा स्याउलीबजार र फुर्केचौर, दोस्रो चरणमा फुर्केचौर र बर्दाकोट तथा तेस्रो चरणमा बर्दाकोट मित्यालसम्म बाटो चौडा पार्ने तथा मर्मत गर्ने कार्य सम्पन्न गरिनेछ ।

इञ्जिनीयर पौडेलले बाटाको भललाई अन्यत्रैबाट काट्ने र घरलाई जोखिमबाट बचाउने पहल गरिएको जानकारी दिनुभयो । करीब २५ किलोमिटरमध्ये ५ किलोमिटर मात्रै काम भएको बताइएको छ । सडक विभागको पूर्वाधार विकासअन्तर्गतको करीब रु ५ करोडको लागतमा सडक चौडा तथा मर्मत शुरु गरिएको हो । यसँगै कालीगण्डकी करिडोरअन्तर्गतका रामपुर क्षेत्रका सडकमा समेत हिलो, चिप्लो र पहिराका कारण आवतजावतमा समस्या छ ।

खानेपानी समस्यामा धुवाङबासी

झिमरुक– ऐरावती गाउँपालिका –४ धुवाङका बासिन्दालाई खानेपानी समस्याले पिरोलेको छ । यही असार १२ गते राति पानीसँगै आएको बाढीपहिराले खानेपानीको मुहानमा क्षति पुगेपछि समस्या भएको स्थानीयवासी बताउँछन् । पहिराले खानेपानीको ट्याङ्कीसमेत पुरेपछि गाउँमा खानेपानीको समस्या भएको हो । आधा घण्टासम्म पैदल हिँडेर वडा नं ४ को कैनपानी मूलबाट खानेपानीको जोहो गरिएको स्थानीयवासी खगेन्द्र खत्रीले बताउनुभयो । धेरै वर्षप िधुवाङ खोलाले मुहान थुनेपछि धुवाङ र खम्ची क्षेत्रका २११ घरपरिवार प्रभावित भएको उहाँको भनाइ छ ।

धुवाङ खोलाको बाढी र पहिराको डरका कारण आकाशबाट पानी परेपछि यहाँका बासिन्दा डरले घरबाहिर निस्कन थालेका छन् । बाढीले स्थानीयवासीका बारी भत्काइदिएको छ । सम्भावित जोखीम न्यूनीकरणका लागि स्थानीयवासीले तारजाली र तटबन्धका लागि माग गरेका छन् ।

चेरनेटा– चिन– जाबुने– अमिली सडकखण्ड विस्तार गर्ने क्रममा धुवाङ क्षेत्रमा क्षति पुगेको गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताउनुभयो । यहाँ बाढीपहिराले खानेपानी तथा अन्य क्षेत्रमा क्षति पु¥याएपछि गाउँपालिका तहबाट स्थलगत निरीक्षण गरिएको उहाँको भनाइ छ । निरीक्षणका क्रममा खानेपानी समस्यासंँगै पाइप बगाएको पाएपछि खानेपानी कार्यालयबाट गाउँपालिकाले माग गरी उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu