ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रु आठ लाखको आयुर्वेदिक औषधि सरकारलाई हस्तान्तरण


एबीसी न्यूज
२३ असार २०७७, मंगलबार   ११ : ४१   बजे

सुर्खेत, २३ असार ।  नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ काठमाडौँले रु आठ लाखको आयुर्वेदिक औषधि नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सङ्घका केन्द्रीय अध्यक्ष जङ्गराज गिरी नेतृत्वको पदाधिकारी टोलीले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतलाई आयुर्वेदिक विभिन्न प्रकाका तीन हजार ३६४ थान औषधि हस्तान्तरण गरेको हो ।

औषधि ग्रहण गर्दै राज्यमन्त्री रावतले सरकार कोरोनाविरुद्धको अभियानमा द्रुतगतिमा लागिरहेको बेला महत्वपूर्ण सहयोग गरेको भन्दै सङ्घको टोलीप्रति कृतज्ञता प्रकट गर्नुभयो । उहाँले आयुर्वेद व्यवसायी सङ्घको प्रगतिको शुभकामनासमेत प्रदान गर्नुभएको थियो ।

सङ्घका अध्यक्ष गिरीले नेपाल सरकारको प्रोटोकलमा परेको आयुर्वेदबाटै व्याधिक्षमत्व गर्न देशका सातैवटा प्रदेशमा पुग्ने गरी सरकारलाई रु आठ लाख १२ हजार ७२० को आयुर्वेदिक औषधि हस्तान्तरण गरिएको राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विश्वभर फैलिएको कोरोना महामारीले एलोप्याथिकभन्दा आयुर्वेदिक औषधि मानव प्रतिरक्षा प्रणालीका लागि अति जरुरी सिद्ध भएको छ । जसअनुसार हामीले शक्तिवद्र्धक आयुर्वेदिक औषधि हस्तान्तरण गरेर सरकारको साथमा छौँ भन्ने सन्देश दिएका छौँ ।”

देशैभरि क्वारेन्टिनमा रहेका नागरिकलाई पुगोस् भनेर रु छ लाखको दुई हजार ५०० थान गुडुची चूर्ण, रु ३९ हजार ६०० को १२० थान अश्वगन्धा क्याप्सुल, रु १७ हजार ९२० को ६४ थान च्यवनप्राश, रु १८ हजारको १२० थान आमलकी चूर्ण, रु सात हजारको ६० थान त्रिकटु चूर्ण र रु एक लाख ३० हजारको ५०० थान गिलोयप्लस प्रवाही हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सङ्घले गत वैशाख २० गते उदयपुर भुल्केका कोरोना रोगीलाई केन्द्रित गरेर रु ४५ हजारको आयुर्वेदिक औषधि प्रदेश नं १ सरकारलाई सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group