ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोल पढाइ कार्यक्रममा रमाउँदै विद्यार्थी


एबीसी न्यूज
२३ असार २०७७, मंगलबार   ११ : ४९   बजे

राँझा, २३ असार ।  कोरोना महामारीका कारण करीब चार महीनादेखि घरमै थुनिएका नेपालगञ्जका विद्यार्थीलाई टोल पढाइ कार्यक्रमले सक्रिय बनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० स्थित जयजनता माध्यमिक विद्यालयले सञ्चालन गरेको टोल पढाइ कार्यक्रममा सहभागी भएर विद्यार्थीले पढाइलाई निरन्तरता दिन थालेका छन् ।महामारी सङ्क्रमणका कारण विद्यालय सञ्चालन गर्न सक्ने अवस्था नरहेपछि टोलटोलमा पुगेर विद्यार्थीलाई पठनपाठनमा सक्रिय बनाउन थालिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार टोलका विद्यार्थीलाई टोलमै जम्मा गरेर सामुदायिक भवन र चौतारामा सामाजिक दूरी कायम गरेर पढाइने गरिएको छ । विद्यार्थीको चाप बढी हुन नदिन दुई चरणमा पठनपाठन भइरहेको छ । कक्षा १० का हिमाल छत्यालले महामारीका कारण विद्यालय जान नपाएका अवस्थामा टोल पढाइ कार्यक्रमबाट पढाइलाई निरन्तरता दिन पाइएको बताउनुभयो । टोलमै पढ्न पाउँदा विद्यार्थी खुशी देखिएका छन् ।
कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई समेट्ने गरी टोल पढाइ कार्यक्रमको समयतालिका र शिक्षकको जिम्मेवारी तोकिएको छ । शिक्षकले टोलटोलमा जम्मा भएका विद्यार्थीलाई पठनपाठन गराउने गरेका छन् । विद्यालयले विद्यार्थीको नाम अभिलेखीकरण गरेर पाठ्यपुस्तक वितरण गरिएपछि टोल पढाइ कार्यक्रम सञ्चालन गरेको हो ।“वडाभरिका विद्यार्थीलाई विद्यालयमा पठनपाठन गराउँदा कोरोना सङ्क्रमणको खतरा छ, त्यसैले एउटा टोलका विद्यार्थीलाई जम्मा गरी सामाजिक दूरी कायम गरेर टोलमै पढाउन थालिएको हो”, प्रधानाध्यापक पाण्डेले भन्नुभयो,“शिक्षकहरु मास्क र सेनिटाइजर लगाएर शिक्षण सामग्रीसहित पुग्दा बालबालिका आआफ्नो बस्ने व्यवस्थासहित टोलमा जम्मा हुने गरेका छन् ।”
विद्यार्थीका लागि विषयगत शिक्षकअनुसार बिहान १०ः३० देखि अपराह्न १२ः४५ बजे र १२ः४५ देखि अपराह्न २ः४५ बजेसम्म टोल पढाइ कार्यक्रम सञ्चालन गरिएको छ । वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकको सहयोग र समन्वयमा टोल पढाइ कार्यक्रम सञ्चालन गर्न सम्भव भएको उहाँको भनाइ छ । रेडियो र टेलिभिजनका माध्यमबाट विद्यार्थीलाई पठनपाठन गराउन सक्ने अवस्था नभएपछि टोल पढाइ कार्यक्रम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जग्गबहादुर छत्यालले जानकारी दिनुभयो ।
उहाँले टोल पढाइ कार्यक्रम सञ्चालन गर्न धेरै चुनौती रहे पनि बालबालिकालाई पठनपाठनमा सक्रिय बनाइराख्न विद्यालयले हरसम्भव प्रयास गरिरहेको उल्लेख गर्नुभयो । विसं २०४३ मा स्थापित सो विद्यालयमा करीब आठ सय विद्यार्थी अध्ययनरत छन् । उपमहानगरपालिका शिक्षा शाखा संयोजक गोर्ख थापाले विद्यालयले सञ्चालन गरेको टोल पढाइ कार्यक्रम अहिलेका अवस्थामा प्रभावकारी रहेको बताउँदै नेपालगञ्जका अन्य विद्यालयले पनि त्यसको सिको गर्न थालेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group