ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दीमा पहिरोमा २७ जना बेपत्ता , दुईको शव भेटियो


एबीसी न्यूज
२६ असार २०७७, शुक्रबार   १० : ४७   बजे


म्याग्दी, २६ असार । म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङ र मालिका गाउपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको बाढी र पहिरोमा परि २७ जना वेपत्ता भएका छन् भने दुई जनाको सब फेला परेको छ ।

धवलागिरी–६ का २१ र मालिका–७ बिमका ८ जना वेपत्ता भएका हुन् । मराङको रिखामा ७, नामरुकमा १०, ठूलोगाउमा १ र कुम्रिमा १ जना वेपत्ता भएका वडा अध्यक्ष राजाराम सवेदीले बताए ।
रिखका भिमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीन जना वेपत्ता भएका हुन् । सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीन जना वेपत्ता भएका छन ।

यसैगरी मालिका गाउपालिका–७ बिमको दुले , नौरूर तल्लो गाउमा गरि २ जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भयका छन ।

धवलागिरी गाउपालिका–७ ताकमको रत्नेगैरामा रहेको ताकम माविको पुस्तकालय भवन बाढीले बगाएको स्थानीय गणेश सुवेदीले जानकारी दिए। ताकम स्वास्थ्य चौकीको पुरानो भवन भत्कीएको छ ।

यसैबीच रघुगंगा नदीमा आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउपालिका हुदै मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । नदीको कटानका कारण बेलिब्रिजको राहुघाट तर्फको जिप भत्काएर बगाएको छ ।

बेलिब्रिज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउपालिका–३ राहुघाटको सिमानामा पर्छ । रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ ।

रघुगंगा–३ मा पर्ने राहुघाटका ३० घर विस्थापित भएका छन् । सो बस्ति कटाउनको उच्च जोखिममा परेको छ । स्थानीय बासिन्दालाई गलेश्वर र गायत्रीमन्दिरमा राखिएको छ ।

पहिरो प्रभावित ठाउँमा सेना, शसस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए। घाइतेहरुको उद्धार र वेपत्ताको खोजीका लागि हेलिकप्टर पठाउने तयारी भएको छ ।

बर्षा भैरहेको र बादल लागेको तथा ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध भएकाले सुरक्षाकर्मीलाई घटनास्थलमा पुग्न कठिनाई भएको डिएसपी किरनजंग कुँवरले बताए ।

बिहिबार रातीदेखिको अबिरल बर्षासँगै माथिल्लो क्षेत्रमा पहिरो जाँदा रघुगंगा, म्याग्दी र कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । तस्विर मराङमा गएको पहिरो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu