ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ बाट विश्वभर एक करोड २८ लाख ३३ हजार भन्दा बढी सङ्क्रमित, पाँच लाख ६३ हजारको मृत्यु


एबीसी न्यूज
२८ असार २०७७, आइतबार   ५ : ५७   बजे


काठमाडौं २८ असार । विश्वभर कोभिड–१९ बाट विश्वभर एक करोड २८ लाखभन्दा बढी सङ्क्रमितभएका र पाँच लाख ६७ हजारभन्दा बढीको शनिबारसम्म मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयद्वारा सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

उक्त विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर ७४ लाख ७३ हजार ९०७ कोरोना भाइरस सङ्क्रमित निको भई घर फर्किसकेका छन् भने ४७ लाख व्यक्ति अझै पनि सङ्क्रमित रहेका छन् । विश्वमै सवैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा विगत २४ घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै ६३ हजार ६४३ पुगेको जोन हकिन्स विश्वविद्यालयद्वारा सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ ।

योसँगै अमेरिकामा आइतवार सम्म सङ्क्रमितको सङ्ख्या ३३ लाख ५५हजार ७८६ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा अमेरिकामा कोभिड–१९ सङ्क्रमित ७७४ जनाको मृत्यु भएको छ । अहिलेसम्म एक लाख ३७ हजार ६७१ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको अमेरिकी स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन् ।

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको ब्राजिलमा १८ लाख चार हजार ३३८ जना सङ्क्रमित भएका छन् भने ब्राजिलमा कोरोनाका कारण ७० हजार ५२४ जनाको मृत्यु भएको छ ।

सङ्क्रमणका दृष्टिकोणले अमेरिका र ब्राजिलपछि बढी सङ्क्रमित भारतमा भएका छन् । भारतमा आठ लाख २२ हजार ६७४ व्यक्ति सङ्क्रमित भएकोमा ६२ प्रतिशतभन्दा बढी निको भई घर फर्किएका भारतको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । भारतमा शनिबारसम्ममा २२ हजार १५२ जनाको मृत्यु भएको छ ।

त्यसपछि बढी सङ्क्रमण पुष्टि भएका मुलुकहरू, रूसमा ९सङ्क्रमित सात लाख २० हजार ५४७ र मृत्यु ११ हजार २०५०, पेरू ९सङ्क्रमित तीन लाख १९ हजार ६४६ र मृत्यु ११ हजार ५०००, चिली ९सङ्क्रमित तीन लाख ९ हजार २७४ र मृत्यु छ हजार ७८१० र स्पेनमा ९सङ्क्रमित तीन लाख ९८८ र मृत्यु २८ हजार ४०८० रहेको छ । अन्य बढी प्रभावित मुलुकहरूमा इटली, फ्रान्स, बेलायत, इरान र पाकिस्तानलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group