ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोलिदेखि लामो दूरीका गाडी चलाउने निर्णय, तयारी शून्य


एबीसी न्यूज
३१ भदौ २०७७, बुधबार   ११ : ३८   बजे

काठमाडौं, ३१ भदौ । सरकारले भोलि अर्थात असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक गाडी खोल्ने निणर्य गरेपनि यातायात व्यवसायीले आवश्यक तयारी अगाडि नबढेको बताएका छन् ।

यसअघि असोज ५ गतेदेखि भने पनि सरकारले एकाएक निर्णय फेरेकाले तयारी नभएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । ६ महिनासम्म थन्किएका गाडीलाई मर्मत नगरी गुडाउन नसकिने भएकाले तत्काल गाडी चलाउन सकिने अवस्था नरहेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । भोलिदेखि लामो दूरीको गन्तब्यमा जाने यात्रुका लागि आजैदेखि काउन्टर खोलेर टिकट खुलाउनुपर्ने भएकाले अहिलेसम्म तयारी नभएको उहाँले बताउनुभयो ।

सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गर्नुपर्ने सरकारले मापदण्ड तोकेको छ । स्वास्थ्य मापदण्डमा गाडीमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु र ५० प्रतिशतसम्म बढी भाडा लिन पाइनेछ । तर लामो दूरीमा चल्ने गाडीमा सिटमा कति जनासम्म राख्ने, कहाँ र कसरी खाना नास्ता खुवाउने, सङ्क्रमणरहित बनाउन के के गर्ने लगायतका विषयमा यातायात व्यवसायी र मजदुर अन्योलमै रहेको व्यवसायिहरु बताउछन् ।

मापदण्डबारे सरकार र यातायात व्यवसायीबीच एकमत र स्पष्ट खाका नभएकाले अलमल परेको व्यवसायिको भनाई रहेको छ । यसअघि असोजको ५ गतेदेखि चल्ने भनेकाले आजैदेखि तयारी सुरु गरे असोज ५ गतेदेखि मात्रै लामो दूरीमा गाडी चलाउन सक्ने नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सिटौला बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group