ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवागढी नाका बुधबारबाट खुला


एबीसी न्यूज
७ आश्विन २०७७, बुधबार   ७ : १४   बजे

काठमाडौं, ७ असोज ।  बुधबारदेखि रसुवागढी नाकाबाट पुन:  सामान आयात हुन थालेको छ । तीन सातादेखि नाकाबाट सामान आयात ठप्प भएको थियो । कोरोना कारण माघ १५ गतेदेखि ठप्प भएको नाका जेठ महिनाबाट सञ्चालनमा आएको थियो ।

सामान लोड तथा अनलोड गर्ने मजदुरमा कोरोना पोजिटिभ देखिएपछि तीन सातादेखि सामान आयात रोकिएको थियो । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि गत माघ १५ गतेदेखि बन्द भएको रसुवागढी नाका गत जेठ महिनाबाट पुनः सुचारु भएको थियो ।

सामान लोड अनलोड गर्ने मजदुरमा कोरोना संक्रमण देखिएपछि गत तीन सातादेखि नाका फेरि बन्द गरिएको थियो । नियाँ दूतावासले बुधबार नै एक विज्ञप्ती जारी गर्दै सीमावर्ती पोर्ट खोलेको जनाएको छ । चिकित्सा सामाग्री एवं दैनिक आवश्यकताका वस्तुलाई ध्यानमा राख्दै चीनले झाङ्मु एवं जिलोङ पोर्ट पुनः सुचारु गरेको विज्ञप्तिमा जनाइएको छ ।

मनसुन र महामारीका कारण बेलाबेलामा सीमानाका बन्द हुन पुगेको भन्दै दूतावासका प्रवक्ताले नाकालाई पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्दा मालसामान ओसारपसारमा भैरहेको ढिलाईप्रति दुःख व्यक्त गरेका छन् । सीमानाका नियमित सञ्चालन गर्ने र सामान पास गर्ने विषयमा चीनले नेपालको चिन्तालाई महत्व दिएको बताउँदै दूतावासले छिट्टै पूर्ण क्षमतामा नाका सञ्चालन गर्ने उपायमा काम भैरहेको जनाएको छ ।

रसुवागढी नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । २०१३ सालमै नाकामा भन्सार कार्यालय स्थापना भएको थियो । २०७१ साल मंसिर १५ गते देखि उक्त नाका विधिवत रूपमा सञ्चालनमा आएको हो । नाकालाई ०७४ भदौ १४ गते चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेको हो । नेपालको रसुवागढी नाकाबाट केरुङ सम्मको दूरी २४ किलोमिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group