ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दीको तिनवटै सिटमा बामगठबन्धन विजयी


admin
२२ मंसिर २०७४, शुक्रबार   २ : २३   बजे

म्याग्दी, २२ मंसिर । प्रतिनिधिसभा १ र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटमा बाम गठबन्धन जित हात पारेका छन् । मंसिर १० गते भएको निर्वाचनको आज सम्पन्न मतगणना अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयृुक्त बाम गठबन्धनका उम्मेद्वारहरु बिजयी भएका हुन् । प्रतिनिधि सभामा बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका एमालेका भुपेन्द्रबहादुर थापा बिजयी हुनुभएको छ । प्रतिनिधि सभामा खसेको कुल ४७ हजार ४४९ मत मध्ये थापाले २३ हजार ३०८ मत ल्याएर बिजयी हुनुभएको हो । थापाका प्रतिस्पर्धी उम्मेदवार काँग्रेसका खमवीर गर्वुजाले २० हजार ९८० मत प्राप्त गर्नुभएको छ । थापाले गर्वुजालाई २ हजार ३०८ मतले पराजीत गर्नुभएको छ । त्यस्तै म्याग्दीको प्रदेश सभाको निर्वाचन क्षेत्र क र ख दुबैमा बाम गठबन्धनका उम्मेदवार बिजयी भएका छन् ।

निर्वाचन क्षेत्र क मा माओवादी केन्द्रका विनोद केसी निर्वाचीत हुनुभएको छ । प्रदेश सभामा खसेको कुल २७ हजार ६७५ मत मध्ये केसीले १४ हजार ७०४ ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकटतम पतिस्पर्धी लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचनले १२ हजार १७५ मत ल्याउनुभएको छ । बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका ३३ बर्षिय केसीले ७७ बर्षका गौचनलाई २ हजार ५२९ मत अन्तरले विजयी हुनुभएको छ । यसैबिच म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख मा एमालेकी नरदेवी पुन बिजयी हुनुभएको छ । मंसिर १० गते भएको निर्वाचनमा खुल खसेको १९ हजार ७७४ मत मध्ये पुनले १० हजार ८६८ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका अमलाल फगामीलाई २ हजार ८७८ मत अन्तरले पराजीत गर्नुभएको छ । फगामीले ७ हजार ९९० मत प्राप्त गर्नुभएको छ । बिजयी उम्मेद्वारहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको छ । बेनीमा बाम गठबन्धनका कार्यकर्ताले बिजयी उत्सब मनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group