ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले एकल बहुमतको नजिक, गठवन्धनको २७५ मा १८७ सिट सहित दुई तिहाई


एबीसी न्यूज
२३ मंसिर २०७४, शनिबार   २ : ०२   बजे

काठमाडौँ । मत परिणाम र मत गणनाको प्रबृत्ति हेर्दा नेकपा एमाले प्रत्यक्ष तर्फ एकल बहुमत सिट प्राप्त गर्ने दिशामा उन्मुख देखिएका छ । ४० स्थानको मत परिणाममा एमाले २४ स्थानमा जितेको छ भने सहयोगी दल माओवादी केन्द्रले १० स्थानमा विजय हासिल गरेको छ । सत्तारुढ दल नेपाली कांग्रेस भने जम्मा ४ स्थानमा खुम्चिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको भारी अग्रता देखिँदा नेकपा एमालेले एकल बहुमत ल्याउनसक्ने तर्फ विश्लेषण हुन थालेको छ ।

मत परिणाम अनुसार वाम गठबन्धन प्रत्यक्षमा दुई तिहाइतर्फ अग्रसर छ। दुई तिहाइमा अग्रसर वाम गठबन्धनमा एमालेको एकल बहुमत हुने सम्भावना रहेको छ ।
एमालेले ६२ क्षेत्रमा अग्रता कायम गरेको छ । हालसम्म ११ क्षेत्रको प्रारम्भिक परिणाम आएको छैन।

एमालेले विजयी भएका २४ र अग्रता लिएका ६२ क्षेत्रमा जित हासिल गरेमा ८६ क्षेत्रमा विजयी हुनेछ । यो संख्या पत्यक्षतर्फ १६५ को बहुमत हो ।

सरकारका लागि कति सिट ?
संवैधानिक व्यवस्था अनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन सामान्य बहुमतका लागि १३८ सिट आवश्यक पर्नेछ ।
यदि एमालेले प्रत्यक्षमा ८६ र समानुपातिकमा कम्तीमा ४० देखि बढीमा ५० सिट ल्याएमा एमालेको कुल सदस्य संख्या १३० देखि १४० पुग्न सक्छ ।

समानुपातिकमा कूल एक करोड ५४ लाख मतदातामध्ये एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेको छ । यसका आधारमा समानुपातिक एक सिटका लागि सदर मतको कम्तीमा एक लाखको आसपासको मत ल्याउनु पर्ने छ । समानुपातिकबाट समेत बहुमत ल्याउनका लागि एमालेले ५० लाख हाराहारीमा मत समानुपातिकमा ल्याउनु पर्छ ।
उता सहयात्री दल माओवादी केन्द्रले हालसम्म १० स्थानमा जितेको छ भने २३ स्थानमा अग्रता कायम गरेको छ । यदि अग्रता कायम गरेको संख्यामा जित्दा माओवादी केन्द्रको ३३ सिट हुनेछ । समानुपातिकमा माओवादी केन्द्रले १५ देखि २० प्रतिशतको बीचमा मत प्रप्त गरेमा माओवादीले बढीमा २० सिट पाउने छ । यसरी हेर्दा माओवादीको कम्तीमा ५० देखि ५३ सिट हुनेछ ।
गठवन्धनको दुई तिहाई 

एमालेले कुल १३० र माओवादी केन्द्रको ५० सिट जोड्दा १८० हुनेछ । जम्मा २७५ को झण्डै ६६ प्रतिशत हुनेछ । दुई तिहाईका लागि उसलाई थप ३ जना सांसद आवश्यक पर्न सक्छ । त्ययसका लागि एमालेले समानुपातिकमा ४५ र प्रत्यक्षमा ८६ सिट प्रप्प्त गरेमा सहजै दुई तिहाई पुग्ने छ । अन्यथा हुम्लाबाट विजयी माओवादी विद्रोही छक्क बहादुर लामा, राजमोको प्युठानबाट १ सिट र नेमकिपाको भक्तपुरबाट १ सिट उपयोगी हुनसक्छ ।
त्यसबाहेक समानुपातिकमा सिपी मैनालीको नेकपा मालेले ३ प्रतिशत मत प्राप्त गरेमा अर्को ३ सिट थपिने छ भने राप्रपमा कमल थापाले चुनाव हारेर राजेन्द्र लिंगदेन नेता बन्दा लिंगदेन बाम गठवन्धनमा सहभागी हुनसक्छन् ।
त्यसबाहेक बाम गठवन्धन बन्ने बेलामा झण्डै सामेल भएका उपेन्द्र यादब नेतृत्वको संघीय समाजबादी फोरमले प्रत्यक्षमा कम्तीमा ८ र समानुपातिकमा ७ सिट गरी १५ सिटको दल बन्न सक्ने अवस्था छ । यही दल बाम गठवन्धनको सरकारमा सामेल हुने सम्भवाना अधिक छ ।
यस्तो राजनीतिक परिदृश्यका कारण बामपन्थी देशभक्त गठबन्धन सहज दुई तिहाईमा पुग्ने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group