ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको ४६ औं राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी


एबीसी न्यूज
२३ कार्तिक २०७७, आइतबार   ६ : २८   बजे

अमेरिका, २३ कात्तिक । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनुभएको छ । योसँगै डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

जो बाइडेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ५९ इलेक्टोरल मतले पछि पार्दै राष्ट्रपतीय चुनावमा आफ्नो जित पक्का गर्नुभएको हो । योसँगै भारतीय मूलकी कमला हसन अमेरिकाको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ ।

ह्वाइट हाउससम्म पुग्नको लागि आवश्यक २७० इलेक्टोरल भोट पार गर्दै बाइडेन विजयी बन्नुभएको हो । बीबीसीका अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा जित हात पारेसँगै जो बाइडेनले २७३ इलेक्टोरल भोट प्राप्त गर्नुभएको छ । बाइडेनका प्रतिद्वन्द्वी ट्रम्पको भागमा भने २१४ इलेक्टोरल भोट परेका छन् । राष्ट्रपति चयनका लागि अमेरिकामा नोभेम्बर ३ मा चुनाव भएको थियो ।

७७ वर्षीय बाइडेनले अमेरिकी राष्ट्रपति पदको लागि योभन्दा पहिले पनि सन् १९८८ / २००८ गरी दुई पटक चुनाव लडिसक्नुभएको छ । साथै बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको दुईटै राष्ट्रपति कालमा उपराष्ट्रपति रहिसक्नुभएको छ ।

बाइडेन बाराक ओबामाका नजिकका मित्र पनि मानिन्छन् । बाराक ओबामाले अहिलेको चुनावमा बाइडेनलाई जिताउनको लागि निकै भागदौड गर्नुभएको थियो । बाराक ओबामा राष्ट्रपति हुँदा एउटा भाषणमा उहाँले बाइडेनलाई ‘अमेरिकाले पाएको अहिलेसम्मकै सबैभन्दा राम्रो उपराष्ट्रपति’ भनेर पनि प्रशंसा गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group