ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब माइक्रोसफ्ट टिममा एकैपटक १००० जना जोडिन सक्ने


एबीसी / संवाददाता
२८ कार्तिक २०७७, शुक्रबार   ३ : ४८   बजे

काठमाडौं, २८ कात्तिक । लोकप्रिय भिडियो कन्फ्रे न्सिङ प्लाटर्फम माइक्रोसफ्ट टिम्समा अहिले अधिकतम ३ सय जना मानिसले एकैपटक जोडिएर भिडियो कन्फ्रेन्सिङमा सहभागी हुन सक्दछन् ।

तर महामारीका कारण विश्वमा बढिरहेको भिडियो कन्फ्रे न्सिङको दरलाई मध्यनजर गर्दै माइक्रोसफ्ट कम्पनीले आफ्नो भिडियो कन्फ्रेन्सिङ प्लाटर्फममा सहभागीको संख्या बढाउने तयारी गरेको छ । जस अनुसार अब निकट भविष्यमा माइक्रोसफ्ट टिम्समा एकैपटकमा १ हजार जना सहभागी भएर भिडियो कन्फ्रेन्सिङ गर्न सक्नेछन् । आफ्नो ०००० योजना अन्तर्गत कम्पनीले यस्तो खुलासा गरेको हो । जसमा कम्पनीले भनेको छ, ‘अब १ हजार जना सम्म सहभागी भएर अन्तरक्रियात्मक बैठक गर्नुस् ।’

यद्यपि माइक्रोसफ्ट टिम्समा सहभागी संख्याको सीमा कहिले बढ्ने भन्ने मिति टुंगो लागिसकेको छैन । गत जुलाई देखि नै तयारी सुरु गरिएको यो फिचर आगामी डिसेम्बरमा लञ्च हुने अपेक्षा गरिएको छ ।

गत अगष्टमा माइक्रोसफ्टले नयाँ उच्चस्तरीय सञ्चार योजनाको घोषणा गर्दै माइक्रोसफ्ट ३६५ तथा अफिस ३६५ का सशुल्क प्रयोगकर्ताले लाइभ इभेन्टमा २० हजारसम्म सहभागी माइक्रोसफ्ट टिम्समा जोडिनसक्ने फिचर सुरु गरेको थियो ।

माइक्रोसफ्ट कम्पनीका सीईओ सत्य नादेलाले गत हप्ता एक घोषणा गर्दै माइक्रोसफ्ट टिम्सका दैनिक प्रयोगकर्ता ११ करोड ५० लाख रहेको जानकारी दिएका थिए । उनका अनुसार माइक्रोसफ्ट टिम्समा अहिले दैनिक ३० अर्ब मिनेट अन्तरक्रिया हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group