ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलाममा बामगठबन्धनको प्यानल नै विजयी


admin
२४ मंसिर २०७४, आइतबार   १२ : ५४   बजे

इलाम, २४ मंसिर । इलामका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।

दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य रहेको इलामका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको हो । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ बाट विजयी बन्नुभएको छ ।

उहाँ निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भूपेन्द्र कट्टेललाई भारी मतान्तरसहित विजयी बन्नुभएको हो । खनाल ३६ हजार ८०७ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका नजिकका प्रतिष्पर्धी नेपाली काँग्रेसका कट्टेलले १९ हजार ६२७ मत ल्याउनुभएको छ ।
त्यस्तै प्रतिनिधिसभा–२ मा एमाले स्थायी समिति सदस्य तथा पूर्वसभामुख सुवास नेम्वाङ विजयी बन्नुभएको छ । उहाँले ३६ हजार ५१४ र उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका केशव थापाले २६ हजार ८६० प्राप्त गर्नुभएको छ ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ का दुवै प्रदेशमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । क्षेत्र नं १ (क) बाट खिनु लङ्वा लिम्बू प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । आज बिहान भएको अन्तिम मतपरिणामअनुसार लिम्बूले १८ हजार ६८६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी काँग्रेसका देवेन्द्र राईले नौ हजार ३२७ मत ल्याउनुभएको छ ।

इलाम क्षेत्र नं १ (ख) बाट एमालेका काजीमान कागाते प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । अहिले बिहान ४ बजे भएको मतपरिणामअनुसार कागातेले १७ हजार ९८६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दुर्गा बरालले १० हजार २१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ (क)मा एमालेका राम राना विजयी बन्नुभएको छ । उहाँले १८ हजार ३१३ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी काँग्रेसका डम्बर खड्काले १५ हजार १०४ मत प्राप्त गर्नुभएको छ ।

२ (ख) मा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका धीरेन्द्र शर्मा विजयी बन्नुभएको छ । उहाँले नौ हजार र निकटतम प्रतिद्वन्द्वी काँग्रेसका खगेन्द्र देवानले छ हजार ८१५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group