ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखमा बामगठबन्धनको प्यानल नै विजयी


admin
२४ मंसिर २०७४, आइतबार   ४ : ४९   बजे

दैलेख, २४ मंसिर।  दैलेखका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र भएको दैलेखको प्रतिनधिसभा सदस्यमा क्षेत्र नं. १ बाट एमालेका रवीन्द्र शर्माले २३ हजार ७७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका केन्द्रीय सदस्य दीपककुमार शाहीले १७ हजार २५३ मत प्राप्त गर्नुभयो ।

यसैगरी क्षेत्र नं २ बाट राजबहादुर बुढाले २३ हजार ३२३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शिवराज जोशीले १६ हजार ६३४ मत प्राप्त गर्नुभयो ।

क्षेत्र नं १ को प्रदेशसभा (क) मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता धर्मराज रेग्मीले १० हजार ३६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्व काँगे्रसका जिल्ला सभापति कृष्णकुमार विसीले आठ हजार ७६२ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा (ख) मा एमालेका अम्मरबहादुर थापाले १२ हजार ५६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जगतजंग थापाले १० हजार ५८४ मत प्राप्त गर्नुभयो ।

त्यस्तै क्षेत्र नं २ प्रदेशसभा (क) मा एमालेका सुशील थापाले ११ हजार ८४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले काँग्रेसका मधुविक्रम खनाललाई दुई हजार ७८६ मतान्तरले पराजित गर्नुभएको छ ।

प्रदेशसभा (ख) मा एमालेका राजबहादुर शाहीले ११ हजार ४४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दिक्पाल शाहीले आठ हजार ४६६ मत प्राप्त गर्नुभएको छ ।

विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै धर्मराज रेग्मीले दैलेखको समग्र विकासमा आफ्नो योगदान हुने र वाम गठबन्धनले लिएको नीतिअनुसार जिल्ला र आफ्नो क्षेत्र समृद्धि गर्ने अभियानमा लाग्ने बताउनुभयो ।

जिल्लाको आर्थिक अवस्था सुधार हुने, कामहरु प्रभावकारी ढंगले लागू गर्ने र आफूले कुनै पनि रकमको लोभ नगरेर जनताको हितका लागि काम गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

त्यस्तै जित भएपछि संक्षिप्त प्रतिक्रिया दिदैं अमर थापाले आफू दैलेखको सांसद हुँदा शुरु गरेका र पूरा हुन नसकेका ठूला विकासे योजना तत्काल पूरा गर्ने, दैलेख सदरमुकाम हुँदै महावु सडकखण्डकोे निर्माण कार्यलाई तीव्रता दिने, दैलेख सुर्खेत सडकखण्ड दुई लेनको बनाउने र दैलेखको समग्र विकास आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दै युवा बेरोजगारी समस्या समाधान गर्ने कार्यमा आफू लागिरहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu