ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पाको समानुपातिकमा २२ प्रतिशतभन्दा बढी मत बदर


admin
२७ मंसिर २०७४, बुधबार   १२ : ००   बजे

रोल्पा, २७ मंसिर।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मंसिर १० गते भएको मतदानमा समानुपातिकतर्फ रोल्पाका मतदाताले ठूलो सङ्ख्यामा मत बदर गरेका छन् ।

प्रतिनिधिसभातर्फ खसेको कूल मत ७० हजार ५७० मध्ये ११ हजार ४९४ मत बदर भएको छ । यो सङ्ख्या खसेको कूल मतको १६ प्रतिशतभन्दा बढी हो । यो सङ्ख्या जिल्लामा नेकपा (एमाले)ले प्राप्त गरेको मतभन्दा बढी हो ।

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ जिल्लामा नेकपा (माओवादी केन्द्र)ले २७ हजार २२०, नेपाली काँग्रेसले १६ हजार ८४७ र एमालेले १० हजार ५४५ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशसभामा बदर मतको सङ्ख्या प्रतिनिधिसभाको मतभन्दा बढी देखिएको छ । जिल्लाको दुवै प्रदेशसभामा ७० हजार ५७० मत खसेकामा १५ हजार ७६६ मत बदर भएको थियो । यो सङ्ख्या प्रदेशसभाका लागि दुवै निर्वाचन क्षेत्रबाट खसेको मतको २२ प्रतिशतभन्दा बढी हो ।

प्रदेशसभाका लागि बदर भएको मत जिल्लामा नेपाली काँग्रेस र एमालले प्राप्त गरेको मतभन्दा बढी हो । प्रदेशसभाका लागि माओवादी केन्द्रले २५ हजार २६० मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले १४ हजार ४१८ र एमालेले १० हजार २७१ मत प्राप्त गरेका थिए ।

जिल्लामा यति धेरै मत बदर भएसँगै निर्वाचन शिक्षाका बारेमा प्रश्न उठ्न थालेको छ । ठूलो धनराशि खर्च गरेर गरिने मतदाता शिक्षाको परम्परागत पद्धतिले मतदातालाई कुनै प्रभाव नपारेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक सातापछि खुल्यो नेपाल–चीन जोड्ने जी२१६ राजमार्ग

प्रचण्डको टिप्पणी– ‘सेना परिचालन भयो, जनपरिचालन भएन’

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu