ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोटाङमा समानुपातिकतर्फ एमाले पहिलो


admin
२७ मंसिर २०७४, बुधबार   १ : २१   बजे

खोटाङ, २७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ ।

समानुपातिकतर्फ खोटाङमा नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेर पहिलो बनेको छ । कूल एक लाख २५ हजार १०८ मतदाता रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फ एमालेले २४ हजार १३४ मत र नेपाली काँग्रेसले २० हजार ७१८ मत प्राप्त गरेको छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र)ले १२ हजार ४३३, संघीय समाजवादी फोरम नेपालले दुई हजार ४०५, राप्रपाले ९३२, नयाँ शक्ति नेपालले ७२७, नेकपा मालेले ५६६ र राप्रपा (प्रजातान्त्रिक)ले ३०६ मत पाएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताउनुभयो ।

प्रदेशसभा सदस्यको समानुपातिकतर्फ एमालेले २१ हजार ३४९, काँग्रेसले १६ हजार ८६१, माओवादी केन्द्रले १३ हजार ५२०, राप्रपाले तीन हजार १७२, संघीय समाजवादीले दुई हजार १४१ र नेकपा मालेले ९६९ मत पाएको छ ।

यस्तै, नयाँ शक्तिले ७५४, राप्रपा (प्रजातान्त्रिक)ले ६६८, राजपाले ४०४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ (क) मा ३६ हजार ५५४ र (ख) मा ३४ हजार ६९८ मत खसेको थियो । तीमध्ये प्रतिनिधिसभातर्फ सात हजार ८५९ र प्रदेशसभातर्फ दश हजार ५४६ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

त्यस्तै प्रत्यक्षतर्फको निर्वाचनमा सात हजार ७८१ मत बदर भएको जनाइएको छ । भौगालिक रुपमा विकट मानिएको पूर्वी पहाडी जिल्ला खोटाङमा मतदाता शिक्षा प्रभावकारी नहुँदा बढी मात्रामा मत बदर भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group