ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमरेड केपी ओली सर्वसत्तावादी शासक बन्नुभयो : नेतृ शाक्य


एबीसी / संवाददाता
१४ पुस २०७७, मंगलबार   २ : ५८   बजे

काठमाडौँ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी शासक बनेको बताउनुभयो । पार्टीले आयोजना गरेको संसद् विघटनको विरोधमा आयोजित सभामा बोल्दै शाक्यले प्रधानमन्त्री ओलीले जनताले गरेको आन्दोलन र संविधानको अपेक्षा पूरा गर्न नसकेको बताउनुभयो । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा नेतृ शाक्यले भन्नुभयो,जनताको शक्तिको अगाडि राजसंस्था त टिकेन भने केपी ओली कहाँ टिक्छ ? केपी ओली आज कामरेड बन्नुभएन, सामन्ती शासक बन्नुभयो, सर्वसत्तावादी शासक बन्नुभयो । जनताको अधिकार खोस्ने शासक बन्नुभयो ।
‌केपी ओली प्रधानमन्त्री भइसकेपछि मुलुक अगाडि बढ्छ । गणतन्त्र, समाजवाद अगाडि बढ्छ लागेको थियो । जनताले दुःख पाउने छैनन् लागेको थियो । जनताले सडकमा जानुपर्ने छैन लागेको थियो । तर फेरि एकचोटी संघीय गणतन्त्रमाथि, संविधानमाथि प्रहार गरेको छ । संविधानमाथि कू भएको छ, शाक्यले भन्नुभयो । नेकपाले तीनवटै तहमा जनताबाट सरकार सञ्चालन गर्ने अधिकार प्राप्त गर्दा पनि प्रधानमन्त्री ओलीका कारण त्यसो हुन नसकेको शाक्यको भनाइ थियो । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले मंगलबार देशभर संसद विघटनको विरोधमा प्रदर्शन गरिरहेको छ । काठमाडौंको कार्यक्रममा अध्यक्षद्वय दाहाल र नेपाललगायतका नेताहरू सहभागी रहेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu