ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विराटनगर महानगरपालिकामा काँग्रेस विजयी


admin
२५ असार २०७४, आइतबार   ११ : १६   बजे

विराटनगर, २५ असार । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ ।

गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोदकुमार ढकालले १७ हजार ३२२ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा रहनुभएका सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १४ हजार ९५८ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, उपप्रमुख पदमा काँग्रेसकी इन्दिरा कार्की २० हजार १४६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का नमिता न्यौपानेले ११ हजार ५२४ मत प्राप्त गर्नुभएको छ । नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले १० हजार ५३६ मत प्राप्त गर्नुभएको थियो ।

उन्नाइसवटा वडा रहेको विराटनगर महानगरपालिकामा काँग्रेसले १, ३, ४, ७, ८, ९ र १६ वडा गरी सातवटा अध्यक्षलगायत सदस्य पदमा समूहगत रुपमा र वडा नं १९मा काँग्रेसका विद्रोेही समूहले जितेको छ ।

सङ्घीय समाजवादी फोरमले १२, १३, १४, १५,१७ र १८ गरी छवटा वडामा, नेकपा (एमाले)ले २, ५ र ११ गरी तीनवटा वडा र माओवादी केन्द्रले वडा नं ६मा जित हात पारेको छ भने वडा नं १०मा स्वतन्त्रले जित हात पारेको छ ।

उक्त निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि एमालेले नेपाल लोकतान्त्रिक फोरमसँग र सङ्घीय समाजवादी फोरम नेपालले माओवादी केन्द्रसँग तालमेल गरेको थियो ।

विराटनगर–३ को पोखरिया निवासी ४४ वर्षीय भीम पराजुली काँग्रेसको नगर सभापति हुनुहुन्छ । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उहाँ महेन्द्र मोरङ कलेजको स्ववियुको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घबाट २०५५ सालमा सदस्य, २०५७ सालमा कोषाध्यक्ष, २०५९ सालमा सचिव र २०६१ सालको निर्वाचनमा स्ववियुको सभापतिमा निर्वाचित हुनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group