ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना


एबीसी / संवाददाता
१३ माघ २०७७, मंगलबार   ४ : ३७   बजे

पाल्म बिच, १३ माघ । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गर्नुभएको छ ।फ्लोरिडाको पाल्म बिचमा सोमबार उहाँले कार्यालय स्थापना गर्नुभएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

“पूर्व राष्ट्रपतिको कार्यालयबाट उहाँले पूर्व राष्ट्रपतिको रुपमा गर्ने सार्वजनिक भूमिका र गतिविधिहरु सञ्चालन हुनेछ,” उहाँका सहयोगीहरुले भनेका छन् ।सो कार्यालयबाट पत्र तथा वक्तव्यहरु आदान प्रदान गर्ने, बैठक तथा भेटवार्ता गर्ने, औपचारिक सम्पर्क गर्नेलगायतका कार्यहरु हुने पनि उहाँका सहयोगीहरुले जनाएका छन् ।त्यसैगरी ट्रम्पको कार्यकालमा भए गरेका कामहरुको समीक्षा तथा निरन्तर चासो राख्ने र त्यसलाई थप संस्थागत गर्ने कार्यमा पनि यस कार्यालयबाट गतिविधिहरु हुने जनाइएको छ ।

नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासनले गरेका कामहरुप्रति टिप्पणी गर्ने र त्यसका विरुद्धमा जनमत आफ्नो पक्षमा पारिरहने रणनीति पनि यस कार्यालयले अपनाउने अनुमान गरिएको छ ।“राष्ट्रपति ट्रम्प सधैँ अमेरिकी जनताको राष्ट्रपति हुनुहुन्छ, सबैले उहाँलाई आफ्नो अभिभावक मानेका छन्,” उहाँको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।उहाँको कार्यालयको नामलाई आधार मान्दा उहाँ सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा पनि उम्मेदवार बन्नु हुने छैन भनेर भन्न नसकिने टिप्पणी गरिएको छ । तर उहाँ र उहाँका सल्लाहकार तथा सहयोगीहरुले भने यस बारेमा स्पष्ट पारेका छैनन् ।

यही जनवरी २० तारिखमा राष्ट्रपति कार्यालयबाट बाहिरिएपछि पूर्व राष्ट्रपति ट्रम्प सोमबारसम्म मौन रहनु भएको थियो ।सामाजिक सञ्जाल ट्वीटरले समेत उहाँको ट्वीटर खाता खारेज गरिदिएकाले पनि उहाँलाई सार्वजनिक रुपमा टिकाटिप्पणी गर्ने माध्यमको अभाव भएको थियो ।अमेरिकी संसदमा भएको पछिल्लो हिंसात्मक घटनाको प्रशंसा गर्दै हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेपछि ट्वीटरले उहाँको खाता खारेज गरिदिएको हो ।

अनेक विवादका बीच आफ्ना प्रतिस्पर्धी बाइडेनको जितलाई समेत अस्वीकार गर्दै उहाँलाई बधाइ नदिइ ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बाहिरिनु भएको थियो ।ह्वाइट हाउस छोडेपनि उहाँले पूर्व राष्ट्रपतिको रुपमा सक्रिय र हस्तक्षेपकारी भूमिका भने खेलिरहनु हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group