ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कस्तो हो त्यो लोकमार्ग, आठ बर्षमा पनि पुरा हुन सकेन


admin
२ पुस २०७४, आइतबार   १ : ०२   बजे

जाजरकोट, २ पुस।  मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटखण्डको निर्माण शुरु भएकोे आठ वर्ष बिते पनि अझैसम्म काम पूरा हुन सकेको छैन ।

लोकमार्गको जाजरकोटखण्डको ८२ किमीमध्ये पाँच किमी सडक मार्ग खोल्न अझै बाँकी छ । थलहबजारस्थित छेडागार खोलामा पुल निर्माण नहुँदा लोकमार्ग अधुरो बनेको हो ।

रुकुमको चौरजहारी, दैलेखको सुयाँडासम्मको जाजरकोट खण्डमा छेडागारलगायत खोला तथा खोल्सामा पुल निर्माण नगरिएको स्थानीयवासीको गुनासो छ ।

(निर्माणाधिन मध्यपहाडी लोकमार्ग)

थलबजारमा पुल निर्माण र मन्ताभिर, कालढुंगा, चुवादेउली भिर, भुसखोलालगायतका स्थानमा बाटो खुला नहुँदा सडक निर्माण कार्य अलपत्र परेको छ ।

त्यस्तै चौरजहारी र कुदुबीचमा पर्ने भेरी पुल र झुप्राखोला पुल निर्माणमा भएको ढिलाइले पनि लोकमार्ग निर्माणलाई थप अधुुरो बनाएको हो । मध्यपहाडी लोकमार्ग पश्चिमखण्ड आयोजना दाङ शाखाले भने अधुरो सडकखण्डको मार्ग खोल्ने कार्य पूरा भएको प्रतिवेदन दुई वर्षअघि नै सडक विभागमा बुझाएको थियो ।

जाजरकोटका बासिन्दाले लोकमार्गको यस खण्डको छिटोभन्दा छिटो बाटो निर्माण गरेर यातायात सञ्चालन गर्न माग गरेका छन् । एकैसाथ शुरु भएको लोकमार्गको दैलेख र रुकुमखण्डमा दुई वर्षअघि नै यातायात सञ्चालन भएको दशेराका रामबहादुर थापाले बताउनुभयो । जाजरकोट खण्ड निर्माणको जिम्मा लिएका कतिपय व्यवसायीले कार्य पूरा नगर्दै भुक्तानी लिँदा सडक निर्माण अलपत्र परेको स्थानीयवासीको गुनासो छ ।

मन्ताभिर खण्डको निर्माण जिम्मा लिएको दिव्यज्योति निर्माण सेवाले कडा चट्टान भन्दै निर्माण पूरा गर्न नसकेको डिभिजन इन्जिनियर शुभराज न्यौपानेले बताउनुभयो ।

त्यस्तै धनञ्जय र सिद्धार्थ जेभीले पनि काँडा झाप्राखण्डको कालढुंगा भिर निर्माण भएको छैन “यस मार्गको मन्ताभिर र काँडा झाप्राखण्ड निर्माणको जिम्मा लिएका व्यवसायीले कार्य पूरा नगरेरै भुक्तानी लिएको देखियो”, उहाँले भन्नुभयो, “कालढुंगा र मन्ताभिरको ५०० मिटर कडा चट्टान नखोलेरै ठेक्का रकम भुक्तानी भएछ ।”

पछिल्लो समय मन्ताभिर खोल्न तयार नभएका व्यवसायीेले विगतमा कामै नगरी ठेक्का होल्ड गरी बसेकाले जाजरकोटखण्ड निर्माणमा ढिलाइ भएको इन्जिनियर न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

राष्ट्रिय सभामा महिला समन्वय समिति गठन, रेणु चन्द संयोजक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Gaza Rescue Crews Struggle to Recover Thousands Buried in Rubble

Former Armenian President Robert Kocharyan Detained in Corruption Investigation

Russia Draws Lessons From Asia: Alliances as Bondage and the Value of Sovereignty

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

वकिलले सर्वोच्चको छतबाट हामफाल्न खोजे, सकुशल उद्धार

आप्रवासी श्रमिकको हित सुदृढ गर्न एनआरएनए र आईएलओबीच छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu