ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उर्लाबारी युवक मृत्यु प्रकरण : प्रहरीमाथि अनुसन्धान सुरु


एबीसी / संवाददाता
१३ फाल्गुन २०७७, बिहिबार   ७ : ४१   बजे

काठमाडौं, १३ फागुन । उर्लाबारी नगरपालिका ५ का प्रवीण बाँस्तोला मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङले विभागीय अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकदर्शन थापाको नेतृत्वमा तीन सदस्य टोली बनाएर प्रहरीमाथि अनुसन्धान सुरु भएको हो ।

बुधवार जिल्ला प्रहरी कार्यालय मोरङमा घटनाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा १५ जना प्रहरीमाथि अनुसन्धान सुरु भएको जानकारी दिइएको हो । प्रहरीको अनुसन्धानमा नै प्रभावित पार्ने तथा शान्ति सुरक्षामा नै असर गर्ने गरी सामाजिक सञ्जालमा गलत प्रचार भएको पनि प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको बताउनुभयो । भिसेरा रिपोर्ट आउन ढिला भएको तथा पक्राउ गरिएको २५ दिन पुगिसकेको अवस्थामा मात्र पक्राउ परेका व्यक्तिहरुलाई हाजिर हुने गरी छाडिएको पनि उहाँले जानकारी दिनुभयो ।

एसपी खड्काले प्रहरीले गरेको अनुसन्धानका क्रममा धेरै फोटामध्ये एउटा फोटो भुलवश परेको हुन सक्ने सन्दर्भमा डीएसपी मानबहादुर राईको संयोजकत्वमा छानबिन समिति गठन गरिसकिएकाले प्रतिवेदनको आधारमा अघि बढ्ने बताउनुभयो ।

‘मिसिलमा भएको विवरणमा मृतकको परिचय लुकाउने काम कहीँ–कतै भएको छैन’, उहाँले भन्नुभयो, ‘दायरी दर्खास्तमा, व्यक्तिगत विवरणमा, बयानमा, मुचुल्कामा, बयान, फरेन्सी रिपोर्टलगायतमा मृतकको पहिचान स्पष्ट रहेको छ।’

मृतकको सन्दर्भमा प्रहरीले गरेको अनुसन्धानमा कुनै कमजोरी नभएको उहाँले बताउनुभयो । एसपी खड्काले प्रहरीले कुनै पनि कागजात हटाउने, बङ्ग्याउने अवस्था नरहनेसमेत जानकारी दिनुभयो । सबै मिसिलसहित सरकारी वकिल कार्यालय तथा अदालतको त्यसमा सहीछाप हुने भएकोले कुनै पनि घटनामा प्रहरीले दुराशय राखेर काम नगर्ने र यो घटनामा पनि कुनै दुराशय नराखेको एसपी खड्काले बताउनुभयो ।

प्रहरीले मृत्यु प्रकरणमा कर्तव्य ज्यानको मामिलामा सुरुदेखि नै अनुसन्धान गर्दै आएकाले अहिले पनि अनुसन्धान भइरहेको र हत्यामा संलग्न रहेको भए व्यक्ति कानुनी दायरामा आउने उहाँले बताउनुभयो । प्रहरीका अनुसार धेरै फोटामध्ये एउटा फोटो फरक पर्न गए पनि मृतकको परिचय मर्न नदिइएको, रिपोर्ट आउन समय लागेको र २५ दिन समय गुज्रिएको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेकाले मृतकका परिवारले शङ्का गर्ने अवस्था नभएको एसपी खड्काले बताउनुभयो । घटना बढ्दै जाँदा प्रहरीले दुई जनालाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा चलाउने तयारी गरेको छ ।

अनुसन्धानमा कर्तव्य ज्यान मुद्दामा केही तथ्य फेला परेकाले त्यसका आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकलाई अस्पतालमा छाडेर हिँडेको, मृतकको फोनबाट ब्यालेन्स ट्रान्सफर गरेको, सामान्य वादविवाद भएको र पोस्टमार्टममा पनि त्यो कुरा उल्लेख भएकाले त्यसैको आधारमा प्रहरीले अनुसन्धान जारी राखेको एसपी खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu