ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रधानमन्त्रीको चुनौती


एबीसी / संवाददाता
१६ फाल्गुन २०७७, आइतबार   ५ : १४   बजे

झापा, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले संसद पुनर्स्थापना चिन्ताको विषय नभएको बताउनुभयो । संसद पुनर्स्थापना भएपछि चितवनको सभा छाडेर काठमाडौं आएका नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेको चर्चा गर्दै उहाँले भन्नुभयो – ‘प्रभु १ संसद पुनर्स्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन । प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुपर्‍यो । विभिन्न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ ।’ तर कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वास नगरेको र विचार गरौंला भनेर पठाएको उहाले बताउनुभयो । जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दा तपाईंहरुको कुन पार्टी हो भनेर प्रश्न गरेपछि नेताहरु झसङ्ग भएको पनि ओलीले टिप्पणी समेत गर्नुभयो । अहिले राजीनामा गरिदिनुस् न भनेर आफूसामू हात थाप्न थालेको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तपाईंहरुले मुद्दा लडेर (संसद) ल्याउनुभएको छ, केपी ओलीलाई हटाएर देखाउनुस् । अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस् ।’ ‘पहिले पनि अविश्वास राखेर हटाएको हो, म जनताबाट फर्किएर आएको हुँ । फेरि हटाउन सक्नुभएछ भने जनताबाट दुई तिहाई लिएर आइदिन्छु ।’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group