ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सूर्य चिह्न हामीले पाउने पक्का भइसक्यो, निर्वाचन आयोगमा ओलीको सेटिङ चलेन’ – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
१७ फाल्गुन २०७७, सोमबार   ७ : १५   बजे

काठमाडौं, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा नैतिकताको खडेरी देखिएको बताउनुभयो । सोमबार काठमाडौंमा आयोजित पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डलेसर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरिदिँदा ओलीले नैतिकताको आधारमा राजीनामा नदिएर अझै धम्की र अहंकार प्रदर्शन गरेको बताउनुभयो । ‘देशमा नैतिकताको खडेरी परेको देखियो । संविधानमाथि घात भयो, असंवैधानिक भनेर देशव्यापी आन्दोलन भयो, सर्वोच्चले फैसला गर्‍यो । नैतिकताको आधारमा एक रौं पनि केही गर्न नपर्ने । अझ उल्टै धम्कि, अहंकार प्रदर्शन गर्ने । पुरै ध्वस्त नभएसम्म केपिजीको बुद्धि पलाउने देखिएन,’ अध्यक्ष प्रचण्डले भन्नुभयो। उहाँले आधिकारिक नेकपा र सूर्य चिह्नआफूहरुले पाउने पक्का भएको दाबी समेत गर्नुभएको छ । कार्यक्रममा प्रचण्डले निर्वाचन आयोगले आफूहरुलाई नै आधिकारिक नेकपा पार्टी र सूर्य चिह्नदिने पक्का भइसकेको खबर आफूले पाएको बताउनुभो ।संविधान, राजनीतिक दल सम्बन्धी ऐन र अन्य प्रावधानका आधारमा आफूहरु नै आधिकारिक भएको कुरा निर्वाचन आयोगले पुष्टि गर्न लागेको प्रचण्डको दाबी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा सेटिङ गर्न खोजे पनि उहाँको षड्यन्त्र सर्वोच्चले असफल बनाइदिएको र निर्वाचन आयोगले पनि ओलीको सेटिङलाई भत्काइदिने प्रचण्डको जिकिर छ ।

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलाले ओली समूहलाई नराम्ररी पछारिदिएको र हारको झोंकमा जे पायो त्यै भन्दै हिँडेको प्रचण्डको आरोप छ । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओलीले लाज मान्नुपर्नेमा उल्टै बलियो भएँ भन्दै हिँडेकोमा प्रचण्डले आश्चर्य व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ सम्पर्कविहीन

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu