ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकलाई एकताबद्ध गराउन स्रष्टाको उल्लेख्य योगदान छ : राष्ट्रपति भण्डारी


एबीसी / संवाददाता
१७ फाल्गुन २०७७, सोमबार   ८ : ४७   बजे

काठमाडौं, १७ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई एकताबद्ध गराउन स्रष्टाहरुको उल्लेख्य योगदान रहेको बताउनुभएको छ । सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९६ औँ जन्मजयन्तीको अवसरमा नातिकाजी स्मृति समाजद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह, २०७६’ कार्यक्रममा उहाँले नेपाली कला संस्कृति विश्वमै धनी भएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले विविधतायुक्त संस्कृतिकै कारण नेपाल विश्वभर चिनिएको उल्लेख गर्दै पूराना स्रष्टाको सिर्जना जगेर्ना गर्नु आजको आवश्यकता हो भन्नुभयो । उहाँले नातिकाजी नेपाली साङ्गीतिक क्षेत्रको उज्ज्वल नक्षत्र भएको र उहाँको विशिष्ट पहिचान भएको बताउनुभयो । “रेडियो नेपालको स्थापनासँगै नातिकाजी उदाउनुभएको हो”, उहाँले भन्नुभयो, “नातिकाजीद्वारा सिर्जित राष्ट्रिय भावका गीतको जगेर्ना गर्नु अति आवश्यक छ ।” राष्ट्रपति भण्डारीले नातिकाजीको सिर्जनाले कर्मक्षेत्रमा लागिरहन थप प्रेरणा मिल्ने छ भन्नुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले विभिन्न स्रष्टाहरुलाई दोस्सला ओढाएर कदरपत्र तथा नगदद्वारा सम्मान गर्नुभयो । नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान, २०७६ बाट सम्मानित हुनेमा वरिष्ठ गीतकारद्वय बालकृष्ण सजिव र चुडामणि देवकोटा, वरिष्ठ तवलावादक राजु अग्रवाल, वरिष्ठ सङ्गीतकार सुनिल मास्के, राजु सिंह, मदनसिंह नेपाली, मनोहर सुनाम, प्राज्ञ शान्तिराम राई र महेश खड्का हुनुहुन्छ ।

त्यस्तै नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार, २०७६ बाट सम्मानित हुनेमा गायिका प्राश्ना शाक्य, गायक एंव सङ्गीतकार चेतन सापकोटा, गीतकार दयाराम पाण्डे तथा गायक एंव सङ्गीतकार सुगम पोख्रेल हुनुहुन्छ । यसैगरी नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, २०७६ बाट सम्मानित हुनेमा गायिका मेलिना राई, सङ्गीतकार एंव गीतकार बसन्त सापकोटा, गायक सुरजकुमार थापा तथा गीतकार हर्क साउद हुनुहुन्छ ।

त्यस्तै नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कारबाट सङ्गीतकार, सङ्गीत संयोजक तथा वाद्यवादक जीवित जल्मी, नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट विदुर गिरी र श्याम स्मृत, नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कारबाट शास्त्रीय सङ्गीत साधक विकास नाथ योगी, नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कारबाट लोक गायक बद्री पँगेनी र नातिकाजी राष्ट्रिय सम्मान पुरस्कारबाट नवराज केसी र जारा प्रसाइ सम्मानित हुनुभएको छ ।

यसैगरी नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान, २०७६ बाट नोर्वु छिरिङ लामा सम्मानित हुनुभएको छ । सो अवसरमा बाल गायिका जारा प्रसाईं, सुगम पोखरेल, प्राश्ना शाक्य, मेलिना राई र सुरज थापाले आआफ्नो साङ्गीतिक प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नातिकाजी स्मृति समाजका अध्यक्ष एवं वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ सङ्गीतकार प्रेमध्वज प्रधान, गीतकारद्वय किरण खरेल र राजेन्द्र थापालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group