ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाइडेन सत्तामा आएपछि पहिलोपटक अमेरिका र चीनबिच वार्ता : वार्तामा दुईदेशवीच गम्भीर आरोप–प्रत्यारोप


एबीसी / संवाददाता
७ चैत्र २०७७, शनिबार   १२ : ०२   बजे

अमेरिका र चीनका उच्च अधिकारीबिच भएको वार्तामा उनीहरुले एकअर्काको तीव्र आलोचना गरेका छन् । जो बाइडेन सत्तामा आएपछि पहिलोपटक अमेरिका र चीनबिच वार्ता भएको हो ।अलास्कामा भएको वार्तामा अमेरिका र चीनले एकअर्कामाथि आरोप–प्रत्यारोप गरेका हुन् । चिनियाँ अधिकारीलेहरुले अमेरिकाले विभिन्न देशहरुलाई चीनमाथि ‘आक्रमण’ गर्न उक्साएको आरोप लगाए । यस्तै अमेरिकाले चीन पनि सोही रुपमा प्रस्तुत भएको आरोप लगायो ।अमेरिका र चीनबिचको सम्बन्ध अहिले तनावपूर्ण अवस्थामा छ ।

अलास्कामा भएको वार्तामा अमेरिकाले युगुर मुस्लिममाथि भइरहेको ज्यादतीसहितका विषय उठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।आरोप–प्रत्यारोपूर्ण वार्तामा अमेरिकाका तर्फबाट विदेश मन्त्री एन्टोनी ब्लिङ्कन र राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानसहितका अधिकारी सहभागी थिए । यस्तै चीनको तर्फबाट शीर्ष परराष्ट्र नीति अधिकारी याङ्ग जिएची र विदेश मन्त्री वाङ्ग यी सहभागी रहे ।वार्ता तनावपूर्ण भएको खबर आइरहेका बेला अमेरिकी अधिकारीले बन्द कोठामा भएको झण्डै दुई घण्टासम्म भएको वार्ता बस्तुपरक, गम्भीर र निकास उन्मुख रहेको दाबी गरेका छन् ।गोप्य वार्ता पहिले अमेरिकी विदेश मन्त्री ब्लिङ्कनले चीनले शिन्जियाङ्ग, हङकङ तथा ताइवानमा गरिरहेको व्यवहार, अमेरिकामा गरिरहेको साइबर आक्रमण तथा आर्थिक रुपमा भइरहेको बल प्रयोगमा चासो रहेको बताएका थिए । यसले विश्व समुदायलाई नै गम्भीर चेतावनी दिएको उनले भनेका थिए ।

जवाफमा चिनियाँ प्रतिनिधि याङ्गले अमेरिकाले आफ्नो सैन्य तथा आर्थिक शक्ति अरु देशहरुलाई दबाउन प्रयोग गरेको आरोप लगाए । अमेरिकामा मानवअधिकारको अवस्था अति नै न्यून अवस्थामा रहेको र अश्वेतमाथि निकृष्ठ व्यवहार भएको उनले आरोप लगाए । त्यसपछि राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले अमेरिका कहिल्यै पनि चीनसँग तनावको अवस्था सिर्जना होस् भन्ने पक्षमा नरहेको तर आफ्ना नागरिक र साथीहरुका लागि भने अडिग भएर लाग्ने बताए । सञ्चारमाध्यमकै सामुन्ने एक घण्टा भन्दा बढि अमेरिका र चीनका अधिकारीबिच आरोप–प्रत्यारोप भएको हो । त्यसपछि बन्द कोठामा भएको वार्ता सकारात्मक रहेको दाबी गरिएको छ । अमेरिका र चीनका अधिकारीबिच गएको जुन यता पहिलोपटक उच्च तहको वार्ता भएको हो ।डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिका र चीनबिचको सम्बन्ध सबैभन्दा खराब अवस्थामा पुगेको हो । बाइडेन प्रशासन सम्बन्ध सुधारका लागि प्रयासरत रहे पनि अवस्था थप नाजुक बन्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group