ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योगमय बन्दै म्याग्दी : बजारदेखि गाउँगाउँसम्म योग


एबीसी / संवाददाता
५ बैशाख २०७८, आइतबार   १२ : २०   बजे

गलेश्वर, ५ वैशाख:
कोरोना महामारी शुरु भएयता म्याग्दी योगमय बन्दै गएको छ । ‘स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग’ भन्ने मान्यताका साथ नवीन आनन्द योग केन्द्रले गत वर्षदेखि सदरमुकाम बेनी बजारलगायत जिल्लाका विभिन्न गाउँमा योग केन्द्र नै सञ्चालन गरेर योगाभ्यास शुरु गरेपछि योग सिक्नका लागि म्याग्देलीहरुको आकर्षण बढ्दै गएको हो ।

सदरमुकाम बेनीमा विसं २०७० मा स्थापना भएको नवीन आनन्द योग केन्द्रमा विभिन्न किसिमका योगासन गरी स्वास्थ्यलाभ भएपछि यहाँ योग गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको केन्द्रका अध्यक्ष एवं योग प्रशिक्षक नवीन जुग्जालीले बताउनुभयो । अहिलेसम्म केन्द्रबाट योग सिकेर स्वस्थ जीवन बिताउनेको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो ।

अहिले म्याग्दीमा विभिन्न १० स्थानमा नवीन आनन्द योग केन्द्रले योग केन्द्र सञ्चालन गरेर योगा सिकाइरहेको छ । सदरमुकाम बेनी बजारमा दैनिक १०७, पश्चिम म्याग्दीको दरबाङमा ५०, बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा ४०, रघुगङ्गा गाउँपालिका–१ बेगमा ४०, रघुगङ्गा गापाकै तिप्ल्याङमा ३०, अन्नपूर्ण गाउँपालिकाको घोडेपानीमा २५, गलेश्वरमा ४० र बेनी नगरपालिका–२ खबरामा २५ जनाले दैनिकरूपमा योगा सिकिरहेका छन् । त्यसैगरी मालिका गाउँपालिका–७ बिम र बेनी नगरपालिका–७ मङ्गलाघाटमा पनि अस्थायीरूपमा योग केन्द्र सञ्चालन भएका केन्द्रका अध्यक्ष जुग्जालीले बताउनुभयो ।

योगमार्फत शरीरमा स्फुर्ति र मनमा आनन्द प्राप्त हुने तथा मानसिक तनाव र थकान कम हुने भएको दैनिक योग गर्न आउनेहरुको भनाइ छ । नियमित योगा गर्दै आउनुभएकी बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले योगमार्फत आफूले जीवनलाई बुझ्ने अवसर प्राप्त गरेको, तनमा तन्दुरुस्ती र मनमा आनन्द प्राप्त हुने गरेको बताउँदै स्वास्थ्य र समुदाय दुवैका लागि योग अपरिहार्य रहेको बताउनुभयो ।

त्यसैगरी योग स्वास्थ्यका लागि मात्र नभएर आचारविचार, सोच र सकारात्मक दृष्टिकोणका लागि पनि अत्यन्तै उपयोगी भएकाले आफू नियमितरूपमा योगासन गर्न आउने गरेको बेनी बजारका व्यवसायी विजयकुमार श्रेष्ठले बताउनुभयो । आधारभूत ज्ञान तीन महिना, विशिष्टीकृत ज्ञान छ महिना र प्रशिक्षक तालिम दुई वर्षको हुने र मासिकरूपमा रु एक हजार शुल्क लिने गरिएको योग प्रशिक्षक एवं केन्द्रका अध्यक्ष जुग्जालीले जानकारी दिनुभयो । ध्यानसहितको योगले तनावपूर्ण परिस्थिति र खराब स्वास्थ्यसँग जुधिरहेका सबै उमेर समूहका महिला तथा पुरुषको जीवनशैलीमा परिवर्तन ल्याएको योगीहरुको भनाइ छ । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu