ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुम्भ मेलाबाट फर्केकालाई दिल्लीमा १४ दिने क्वारेन्टिन अनिवार्य


एबीसी / संवाददाता
५ बैशाख २०७८, आइतबार   ७ : ३२   बजे

नयाँ दिल्ली
नयाँ दिल्ली, ५ बैशाख : भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कुम्भ मेलामा सहभागी भएर आएकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरिएको छ ।

हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी सयौँ मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएकाले त्यहाँबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्ने निर्णय भएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारद्वारा जारी निर्देशनमा कुम्भ मेलाबाट आएकाहरुले आफैं पनि स्वास्थ्य सतर्कता अपनाउनु पर्ने र क्वारेन्टिनमा बस्नु पर्ने उल्लेख गरिएको छ ।

प्रदेश सरकारको निर्देशन नमान्नेहरुलाई कानुन अनुसार कडा सजाय हुने चेतावनी पनि दिइएको छ ।

प्रदेशका मुख्य सचिव विजय देवद्वारा जारी निर्देशनमा होम क्वारेन्टिन बसे पनि हुने उल्लेख गरिएको छ ।

यही अप्रिल ४ देखि १७ सम्म कुम्भ मेलामा गएकाहरुले २४ घण्टा भित्र आफ्नो विवरण प्रदेश सरकारलाई उपलब्ध गराउन पनि आह्वान गरिएको छ ।

“त्यसैगरी जो यही अप्रिल १८ देखि ३० सम्म कुम्भ मेलामा जाँदै हुनुहुन्छ, उहाँहरुले पनि दिल्ली प्रदेश छोड्नु अघि केही मुख्य विवरणहरु बुझाउनु पर्ने व्यवस्था गरिएको छ,” निर्देशनमा लेखिएको छ ।
कुम्भ मेलामा सहभागी भएका मध्ये १७ सयभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो ।

लाखौं मानिस सहभागी भएको हिन्दुहरुको महान मेलामा मास्क लगाउनु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्नेलगायतका आधारभूत मापदण्डहरु खुलेआम उल्लङ्घन भएको थियो ।

दिल्ली प्रदेशमा मात्रै पछिल्लो २४ घण्टामा २४ हजार ३७४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

एकै दिनमा सङ्क्रमित भएकाहरुको सङ्ख्या यो नै अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् ।

भारतको दिल्ली प्रदेशमा अहिले पनि झण्डै ७० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।(एएनआई)
––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : ३८९ शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन

चीनको तिब्बतमा थुनिएको ताल फुट्यो, नेपालमा उच्च सतर्कता

सम्बन्धित

अस्ट्रेलियाले नेपाललाई ५० लाख अमेरिकी डलर मानवीय सहायता दिने

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu