काठमाडौं, ९ बैशाख। नेकपा (एमाले) मुख्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि कार्यालय परिसरबाट खड्कालाई पक्राउ गरिएको थियो ।कार्यालयमा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’ लगायतका गालीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले खड्कालाई प्रकाउ गरेको थियो ।एमालेको मुख्य कार्यालय आजै धुम्बाराहीबाट थापाथलीमा सरेको थियो ।
प्रतिक्रिया दिनुहोस्