ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको बैठकमा कुटाकुट, घाइतेलाई काठमाडौं ल्याइयो


sharan sharan
१० पुस २०७४, सोमबार   ८ : ३६   बजे

स्याङजा, १० पुुस । नेपाली कांग्रेस स्याङजा क्षेत्र नम्बर दुईको चुनावी समीक्षा बैठकमा कर्याकर्ताबीच कुटाकुट भएको छ। सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कुटाकुट भएको हो।

घाइते भेषराज अर्याल र कमल ढकाललाई उपचारको लागि काठमाडौं स्थित बयोदा हस्पिटल लगिएको उनका दाई खुमा अर्यालले जानकारी दिए। दुवै जना घाइतेलाई पोखराबाट हेलिकप्टरबाट काठमाडौं लागिएको थियो। देउवापक्षीय कार्यकर्ताले पौडेल पक्षका कार्यकर्तामाथी कुटपिट गरेको आरोप छ।

‘टाउकोमा चोट लागेको छ । सिटी स्क्यान पछि थप उपाचार हुनेछ ।’ अर्यालले भने, ‘पूर्व योजना अनुसार कुटपिट भएको छ ।’ नेपाली कांग्रेसले लोकतन्त्रको धज्जी उडाएको उनको आरोप छ।

अर्का घाइते सुशील काफ्लेको अवस्था सामान्य रहेको उनको बुवा केदार काफ्लेले बताए। काफ्ले स्थानीय मेडिकलमा उपाचार पछि घर फर्किएका छन्। ‘बैठक भनेर बोलाउने अनि मान्छे पिट्ने’ काफ्ले अक्रोश व्यक्त गरे। ‘समीक्षा बैठकमा कार्यकर्ता होइन गुण्डाहरु बोलाएका रहेछन्’, काफ्लले भने, ‘यो अमानवीय र घोर निन्दनीय कार्य हो।’

उता क्षेत्रिय सभापति अर्जुन अर्यालले बैठकमा हातपात भएको स्वीकारे। ‘बैठकमा हातपात भएको हो । भीडलाई सामान्य बनाउन खोज्दा को को माथि आक्रमण भयो थाहा भएन’, अर्यालले भने, ‘घटनालाई अतिरञ्जित गर्ने दुष्प्रयास हुँदैछ ।’ घटनाको विषयलाई लिएर कसैले व्यक्तिगत फाइदाका लागि राजनीति नगर्न आग्रह गरे।

वडा प्रहरी कार्यालय वालिङ प्रमुख इन्सपेक्टर चिनकपुर गुरुङले आफुहरुलाई कार्यक्रमको बारे पहिला जानकारी नभएको बताए। ‘घटना भयो भनेर घटनास्थल पुग्दा सामान्य थियो’ उनले भने, ‘सत्य तथ्य हामी बुझ्छौ।’

घाइते कमल ढकालका भाइ शोभाकान्त ढकालले घटनामा संलग्न व्यक्तिहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखस्त दिएका छन्। उनले विष्णुप्रसाद पौडेल, अर्जुन अर्याल, सुनिल खनाल, बिनोद पराजुली, सञ्जय श्रेष्ठ, ध्रुव पंगेनी लगायतका व्यक्तिहरुलाई किटनी जाहेरी दिएका हुन् । अरोपित पौडेल स्याङजा क्षेत्र नम्बर दुई ‘क’ का तर्फका प्रदेशसभा सदस्यका लागि उम्मेदवार थिए।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति कमल पंगेनी, सचिव बुद्दि बहादुर राना, विष्णुप्रसाद पौडेल लगायत नेताहरुको उपस्थिति थियो। स्याङजा क्षेत्र नम्बर दुईमा नेपाली कांग्रेसका तर्फबाट वर्तमान सरकारका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ पराजित भएका थिए। श्रेष्ठ वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेकी नेता पदमा अर्यालसँग ३ हजार ७ सय ६ मतले पराजित भएका थिए। पौडेल मोहन रेग्मीसँग हारेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group