ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३८ लाख नाघ्यो : दैनिक १० हजार सङ्क्रमितको मृत्यु


एबीसी / संवाददाता
३० जेष्ठ २०७८, आइतबार   ७ : ३६   बजे

काठमाडौं, ३० जेठ ।  विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३८ लाख नाघेको छ ।

विश्वमा दैनिक १० हजार हाराहारीमा सङ्क्रमितको मृत्यु भइरहेको छ । पछिल्लो २४ घण्टामा नौ हजार चार सय ४१ जनाको मृत्यु कोरोनाका कारण भयो । विश्वमा हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३८ लाख नौ हजार नौ सय ५० पुगेको छ ।

एकै दिन तीन लाख ४४ हजार एक सय ७९ जना नयाँ बिरामी थपिएका छन् । विश्वमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या १७ करोड ६३ लाख ७७ हजार पाँच सय २३ पुगेको छ । सङ्क्रमितमध्ये १६ करोड तीन लाख ३५ हजार दुई सय पाँच जना उपचारपछि निको भएका छन् ।

एक करोड २२ लाख ३२ हजार तीन सय ६८ जनाको उपचार जारी छ । उपचाररतमध्ये ८५ हजार चार सय ७१ जनाको अवस्था चिन्ताजनक छ । विश्वले पछिल्लो समय कोरोना नियन्त्रणमा केही सफलता प्राप्त गरिरहेको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन तीन सय दुई जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या छ लाख १५ हजार ३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार एक सय ८७ नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४३ लाख १४ हजार छ सय ३३ पुगेको छ ।

दुई करोड ८३ लाख ८१ हजार चार सय ९९ जना उपचारपछि कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ५३ लाख १८ हजार एक सय जनाको उपचार जारी रहेकोमा चार हजार आठ सय ६१ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७१ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म भारतमा कोरोनाका कारण तीन लाख ७० हजार एक सय ६८ जनाको मृत्यु भइसकेको छ ।

एकै दिन ६५ हजार नौ सय ७३ जना नयाँ बिरामी थपिए । दोस्रो भेरियन्टबाट निक्कै प्रभावित बनेको भारतमा दैनिक सङ्क्रमण घट्दो क्रममा रहेको छ । जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ९४ लाख २४ हजार छ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ८० लाख १५ हजार ४४ जना कोरोनामुक्त बनेका छन् । १० लाख ३८ हजार सात सय ९४ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

दोस्रो भेरियन्टयता कोरोनाबाट विश्वमा सबैभन्दा बढी प्रभावित बनेको भारतले पछिल्लो समय कोरोना नियन्त्रणमा सफलता हात पारिरहेको छ । दैनिक चार लाखसम्म सङ्क्रमित भेटिने गरेका थिए ।

कोरोनाबाट सबैभन्दा बढी छ हजार जनाको मृत्यु एकै दिन भएको थियो । तर नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या क्रमस घट्दै गइरहेको छ । सङ्क्रमित सङ्ख्याको हिसाबमा भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन दुई हजार आठ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म चार लाख ८६ हजार तीन सय ५८ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ७५ हजार सात सय ७८ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ७३ लाख ७६ हजार नौ सय ९८ पुगेको छ । एक करोड ५७ लाख ६१ हजार एक सय ७७ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

११ लाख २९ हजार चार सय ६३ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । सङ्क्रमित सङ्ख्याको हिसाबले ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group